प्रसिद्ध संगीतकार आलोक श्री लाई पितृशोक

Written by Artist Sansar

प्रसिद्ध संगीतकार आलोक श्री लाई पितृशोक परेको छ । आलोक श्री का पिता टिकाराम खातीको आज बिहान ६७ बर्षको उमेरमा निधन भएको हो ।

मिर्गौलाको समस्याबाट पीडित खातीको उपचारको क्रममा काठमाण्डौ भ्याली अस्पतालमा निधन भएको हो । संगीतकार संघका उपाध्यक्ष समेत रहेका प्राज्ञ आलोक श्रीका पिताको निधन प्रति संगीतकार संघ नेपालले गहिरो दुख ब्यक्त गरेको छ ।

त्यस्तै संगीत संग सम्बन्धित बिभिन्न संघसंस्था तथा कलाकारहरुले पनि खातीको निधन प्रती गहिरो दु:ख ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समबेदना प्रकट गरेका छन ।

स्व.खातीको आज दिउसो ४ बजे पछि पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने परिवारस्रोतले बताएको छ ।

आर्टिस्ट नेपाल मृतकको आत्माको चिर शान्तिको कामना गर्दै परिवारप्रति समवेदना प्रकट गर्दछ ।

About the author

Artist Sansar