modeling workshop in nepal

‘प्रेमगीत ३’ का लागि प्रदीप सुगठित शरीर बनाउन जिममा पसिना बगाउदै

basic photography workshop

अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता हुन्, प्रदीप खड्का । उनी अभिनीत फिल्म ‘प्रेमगीत २’ बाहेक कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । तर, त्यसको असर उनको ‘ब्रान्ड भ्यालू’ मा परेको छ ।

उनको पछिल्लो फिल्मलाई चोरीको आरोप लाग्ने गरेको छ । खस्किएको स्टारडमलाई ‘प्रेमगीत ३’ ले उत्कर्षमा पुर्‍याउने विश्वासमा रहेका प्रदीप केही महिनायता सुगठित शरीर बनाउन जिममा पसिना बगाइरहेका छन् । शनिबार बिहान जिममा कसरत गरिरहेको एक तस्वीर आफ्नो आधिकारिक फेसबुक पेजमा साझेदार गरेपछि अहिले यी चकलेटी हिरो चर्चामा छन् ।

२ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेका कारण उनी यो फिल्ममा एक्सन अवतारमा देखिँदैछन् । यसका लागि उनले अहिले हर्स राइडिङ, एक्सन ट्रेनिङ र शरीर आकर्षक बनाउन जिममा दैनिक घन्टौं समय बेथित गर्ने गरेका छन् । फिल्ममा उनले एक योद्धा राजकुमारको भूमिका निभाउँदैछन् ।

‘प्रेमगीत’ को अघिल्ला दुई सिरिजमा उनी चुलबुले र रुन्चे भूमिकामा देखिएका थिए । यसपटक आफ्नो भूमिका दर्शकलाई फरक लाग्ने उनको भनाई छ । फिल्ममा उनको बाल्यकालको भूमिका अनुभव रेग्मीले निभाउँदैछन् । भने, पिताको भूमिकामा अभिनेता शिव श्रेष्ठ रहेका छन् ।

artistnepal-tv-ads