स्थापित हुँदै सुन्दरी मोडल नग्मा श्रेष्ठ (फोटो फिचर)

Written by Artist Sansar

थोरै सयम धेरै काम । यही कारण यतिखेर ग्यामर्स क्षेत्रमा मोडल नग्मा श्रेष्ठ चर्चामा छिन् । उनी हेर्दा जति सुन्दर र हँसिली छिन्, त्यस्तै, ट्यालेन्ट पनि । त्यही गुणले नग्माले आफूलाई छोटो समयमै ग्ल्यामरस फिल्डमा स्थापित गराएकी छन् ।
चितवनमा जन्मेर काठमाडौंमा हुर्केकी नग्माले करिब डेढ वर्षकै अवधिमा थुप्रै विज्ञापन र म्युजिक भिडियोमा मोडलिङ गर्न भ्याइसकेकी छन् । ‘मोडलिङ र अभनिय मेरो सानैदेखिको रुचि हो’ जोश र गर्वका साथ नग्माले सुनाइन्, ‘अब करिअर पनि यसैमा बनाउने उद्देश्य लिएकी छु ।’ उमेरले भर्खरै १८ टेकेकी नग्मा बिबीएस अध्ययरनत छिन् ।
पेपर एडबाट मोडलिङ्ग करियर सुरु गरेर विज्ञापन, म्युजिक भिडियो र र्याम्प मोडलिङ हुदै चलचित्र यात्राको लागि तयार रहेको बताईन। नग्मा भन्छिन्, ‘फिल्ममा जस्तोसुकै रोल पनि गर्न सक्छु ।’ कुसल नृत्यांगनासमेत रहेकी मोडल नग्मा श्रेष्ठलाई चलचित्रमा भने कहिले देख्न पहिनेछ, त्यो भने हेर्न बाकि छ।

मोडल – नग्मा श्रेष्ठ
फोटो – कुबेर तामाङ्ग
ड्रेस सौजन्य -यु ओसिस ( विश्व ज्योति मल, पहिलो तल्ल , जमल )
मेकअप – सरिता थापा मगर
स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियो एण्ड प्रोडक्सन

About the author

Artist Sansar