प्रसिद्द गायक प्रेमध्वज प्रधानको निधन

Written by Artist Sansar

काठमाडौँ — नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो ।
१२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको थियो ।
१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रेमध्वजका ‘घुम्तीमा नआउ है’, ‘पर लैजाउ फुलहरु’, ‘नमान लाज यस्तरी’जस्ता दर्जनौं लोकप्रिय गीत छन् । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् ।
नेपालमा पहिलोपटक गितार बजाएर सांगितिक कला प्रस्तुत गर्ने प्रधान पहिलो थिए ।
भारतका लोकप्रीय कलाकार उषा मंगेशकरसँग उनले माइतीघर चलचित्रका लागि युगल गीत समेत गाएका थिए । रेडियो नेपालमा उनको ७ सयभन्दा बढी गीत रेकर्ड छ ।
प्रेमध्वज प्रधानका पत्नी किरण देवी र दुई छोराहरु प्रसन्न र कविर प्रधान अमेरिकामा छन् ।

About the author

Artist Sansar