दिनेश गौतमको आवाजमा ‘टाढा भयौ’ सार्वजनि, सोनितराज ढुङ्गेलको प्रसंशायोग्य अभिनय (भिडियो)

https://artistnepal.com/

https://artistnepal.com/

"

चर्चित गायक दिनेश गौतमको स्वर तथा संगीत रहेको नयां गीत ‘टाढा भयौ’ को भिडियो सार्वजनिक भएको छ । भवानी ईन्टरटेनमेन्टकको प्रस्तुती तथा संचारकर्मी सुमित रजक तथा बिष्णु थापाको निर्माण रहेको भिडियोमा मोडल तथा संचारकर्मी सोनीत राज ढुङ्गेल तथा मोडल अस्मिता ढुङ्गाना , मोडल हरि ठकुरी, कृष्णकान्त ठाकुर लगायतको उत्कृष्ट अभिनय रहेको छ ।

कवि तथा गीतकार समेत रहेका पुस्तक प्रसादको निर्देशन रहेको भिडियोको कथा निकै मर्मस्पर्शी रहेको छ ।

छायांकार रिवाज पौडेलको छायांकन रहेको भिडियोको सम्पादन रामले र प्रडक्सन कन्ट्रोलर सन्तोष कार्कीले गरेका छन भने अमित रजकले छायांकनमा साथ दिएका छन । लक्ष्मी थापाको शव्द रचना रहेको गीतको म्यूजिक प्रोग्रामर एसके बच्छाको रहेको छ ।