गायिका प्राश्ना शाक्यको नयाँ भिडियो सार्वजनिक

गायिका तथा सञ्चारकर्मि प्राश्ना शाक्यले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । प्रेमका भावहरुलाई उनले ल्यात्मक रुपमा गाएकी छन ।

निलम आङबुहाङ लिम्वुको शब्द , प्रविन बराइलिको कम्पोज , उदयराज पौडेलको एरेन्जमा गित तयार पारिएको छ ।

गीतको भिडियोलाई हाङ चेम्वोङले निर्देशन गरेका छन् भने सनराज रानाको छायांकन तथा सम्पादन छ । भिडियोमा मुना लावति, मौसम चेम्जोङको अभिनय रहेको छ ।