चलचित्र ‘वीरविक्रम २’ को अफिसियल पोस्टर सार्वजनिक

Written by Artist Sansar

चलचित्र ‘वीरविक्रम २’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ बोलको गीतले राम्रो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा फिल्मका चार लिड कलाकार फिचर्ड छन् । जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई मिलन चाम्स निर्देश  गरेका हुन।

यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘वीरविक्रम’ को सिक्वेल हो । ‘वीरविक्रम’ मा नाजिरसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए । तर, निर्देशक तथा निर्माता चाम्स फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल नभएको बताउँछन् । निर्माण टिमले केही दिनमा फिल्मको ट्रेलर सार्वजनिक गर्दैछन् ।

About the author

Artist Sansar