चलचित्र ‘हजार जुनी सम्म ’ को पहिलो गीत ‘एमजी रोडैमा’ सार्वजनिक

चलचित्र ‘हजार जुनी सम्म’को ‘एमजी रोडैमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा राजनराज सिवाकोटी र मेलिना राइको आवाजमा समावेश गीत सार्वजनिक गरिएको छ।

हरेक वर्ष ‘नाइँ नभन्नू ल’ को सिरिज निर्माण गर्दै आइरहेका भेट्रान निर्देशक विकासराज आचार्यले यस वर्ष नयाँ नाममा फिल्म बनाएका छन् । ‘नाइँ नभन्नू ल ६’ अर्को वर्ष ल्याउने वाचासहित उनले निर्देशन गरेको नयाँ फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक गरिएको हो ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधानलाई फिचरिङ गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।