राजधानीमै खुलेआम पाइरेसी

आर्टिस्टनेपाल: के यहाँ नेपाली गीत पनि भर्न पाइन्छ ?
बिक्रेता : भरिन्छ । (अनुहारमा हेर्दै………….)
आर्टिस्टनेपाल: कतिलाग्छ एउटा गीतको ?
बिक्रेता :कति ओटा हाल्ने हो ?

खास मैले नेपाली गीत संकलन गर्न खोजेको मात्र हो। कति छ तपाईंकोमा नयाँ पुराना ?? हाम्रो जिज्ञाशामा – सबै छन। कति ओटा लाने हो मिलाएर दिउंला नि……

नेपाल संगीत उद्योग संघले विभिन्न जिल्लामा घुमेर हरेक अडियो-भिडियो पसलमा गई प्रतिलिपि अधिकारको बारेमा सचेत गराएको गफ लगाएको केही दिनपनि नबित्दै राजधानीको अति ब्यस्त बजार चाबहिलमा भने खुलेआम, बोर्डमै बिज्ञापन गरि नेपालीगीत संगीतको गैराकानुकी ढंगबाट बिक्री गरिँदै आएको छ।

नेपाली गीत संगीतका बिभिन्न स्थानमा खोलिएको साइबर क्याफे , मोबाइल रिपेरिंग पसल , सी. डी पसलहरुबाट खुल्ला रूपमा गरिने यस्ता पाइरेसी सम्बंधित पक्षको बेवस्था, कमजोर कानुनको फाइदा उठाउँदै अझ ब्यापकता लिन थालेको छ।

पाइरेसीकै कारण एकातिर सफल गायक/गायिकाको आर्थिक पक्ष साह्रै नाजुक हुँदै गएको छ भने स्रस्टाहरु बिदेशिनुपर्ने बाध्यता पनि सृजना गरेको छ। स्रस्टाको हग अधिकार सुनिस्चित गर्ने, रोयल्टीको ब्यबस्ता गर्ने, पाईरेसी रोक्ने कार्य गर्ने जस्ता नारा दिएरै राजधानीमा खोलिएका एक दर्जन संघ संस्थाले केबल अन्य कलाकर्मीको अगाडी आफुंलाई तिँ संस्थाको पदको बिल्ला भिर्नु बाहेक अन्य उपलब्धि नभएको देखिन्छ ।

पाइरेसी नियन्त्रणका लागि भनेरै प्रतिलिपि अधिकार ऐन २०५९ लागू गरिएको त छ तर कार्यान्वयन भएको छैन । वास्तवमा भन्ने हो भने राज्यले पाइरेसीलाई ध्यानपुर्बक हेरेकै छैन । पाइरेसी नियन्त्रणको काम गर्ने कतिपयले पाइरेसी भनेको के हो भन्ने बुझेका पनि छैनन् । सर्जकलाई साह्रै सताएको यो समस्या रोक्न ब्यापक अभियान चलाउन सकिएन भने राज्यले ठुलो क्षति ब्यहोर्ने निक्षित छ ।