‘वन्ली लभ’ माथि अन्तरसंबाद

https://artistnepal.com/

https://artistnepal.com/

"

उद्योगपति एबं गीतकार बसन्त चौधरीको चौथो गीतिएल्बम ‘वन्ली लभ’ माथि मंगलबार राजधानीमा अन्तरसंबाद गरिएको छ । कार्यक्रममा गीतकार विश्वम्भर प्याकुरेलले एल्बम ‘वन्ली लभ’ भित्र समेटिएका गीतको समीक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा गीतकार बसन्त चौधरीले गित सुन्नु र लेख्नुमा धेरै अन्तर रहेको बताउंदै गीतका शब्दहरुमार्फत अन्तरात्माको लहर उमार्ने प्रयाश गरेको बताए ।

अन्तरसम्बाद कार्यक्रममा एल्बममा रहेका गीतको म्युजिक भिडियो प्रदर्शन गर्नुका साथै आयक रामकृष्ण ढकाल, हेमन्त राना, गायिका रिमा गुरुङले गित गएका थिए ।

न्ह्यु बज्राचार्यको संगीत रहेको एल्बममा भारतीय गायक गायिका कैलाश खेर, श्रेया घोसाल , शिब परियार, रामकृष्ण ढकाल, हेमन्त राना, गायिका रिमा गुरुङ, योगेश्वोर अमात्य , सिने गुरुङ, निलन्जनाको स्वर रहेको छ ।