माछी मारन गितमा झुमे न्युयोर्कबासी

Written by Artist Sansar

मिस नेपाल युएसको उपाधिको अडिसन अहिले तिब्र गतिमा चलिरहेको छ । वासिङ्टन डिसी पछि, न्युयोर्कको अडिसनका लागि शुक्रबार झण्डै डेढ दर्जन युवतीहरुले आफनो शारिरीक र बौद्विक सौन्र्दयता प्रस्तुत गरेका थिए । प्रतिस्पर्धी युवतीहरुले पुर्वीय र पश्चिमी संस्कारको संमिश्रणलाई आफनो प्रस्तुतीमा समेटेका थिए ।

अमेरिका स्थित प्लानेट ईन कर्पोरेशन र नेपालको ई प्लानेट प्रालिको आयोजनामा भईरहेको प्रतिस्पर्धामा संगीतसँगै प्रतिस्पर्धी युवतीहरुले स्टेजमा आ आफनो प्रस्तुती गरेका थिए । पत्रकार प्रसन राईले संचालन गरेको सो कार्यक्रममा २०४२ सालमा नबीन ढुङगेलले गाएको चर्चित ‘माछी मारन हे दाई हो’ गीत भाकालाई उनकै छोरा अभय ढुङगेल स्टेजमा उर्तादा मौहाल झुम्न पुगेको थियो । गायक तिलक श्रेष्ठ, राजेन्द्र राई लगायतका स्थानीय कलाकारहरुले कार्यक्रमलाई साथ दिएका थिए । न्युयोर्क अडिसन सहित सांगीतिक कार्यक्रम नेपाली व्यवसायी केशव राईको सक्रियतामा आयोजना भएको थियो ।

मिस नेपाल युएसको उपाधिको अडिसन न्युयोर्कपछि बांकी आठ शहरमा हुनेछ । प्रतिस्पर्धीको अन्तिम प्रतिस्पर्धा अगस्त २० मा न्युयोर्कमा हुनेछ ।

About the author

Artist Sansar