नेपाल्स लिटल स्टार २०१८ को ताज पहिरहन सफल भईन प्राश्ना थापा

Written by Artist Sansar

सिद्दि मिडिया प्रालिले आयोजना गरेको नेपाल्स लिटिल स्टार २०१८ प्रतियोगिताको बिजेता प्राश्ना थापा भएकी छिन् । उनले बिजेताको ताज संगै मस्ट ब्युटिफुल तथा बेष्टडान्सको समेत उपाधि जित्न सफल भएकी थिइन् । त्यसैगरी आदर्श ठाकुर फर्स्ट रनरअप तथा मस्ट पपुलर, मस्ट कन्फिडेण्ट र मल्टिमिडिया च्वाईस भएका थिए भने जुवान तामाङ सेकेण्ड रनरअप, मस्ट ह्यान्डसम पाएका थिए भने लुनिभा महर्जन थर्ड रनरअप मस्ट ट्यालेन्ट,बेष्ट प्रसनालिटिको उपाधि जित्न सफल भईन ।

उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गरिएको सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउछन् ।

संचारकर्मी तथा कलाकार सुर्य चन्दको बिशेष आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा समाजसेवी कृष्ण देबकोटा, कलाकार नितु कोइराला, संगीतकार रेखा पौडेल तथा कलाकार युवराज केसरीको निर्णायक मण्डलीले बिजेताहरुको घोषणा गरेका थिए ।
प्रतियोगिताको कोरियोग्राफी कोरियोग्राफर आशिष मिश्रले गरेका थिए ।

About the author

Artist Sansar