Nepali Song lyrics: Tyo aakha le – Bachchu Kailash

Written by Artist Sansar

TYO ANKHALE LAUNA MALAI MARYO
Lyrics & Music BACHHU KAILASH

त्यो आँखाले लौन मलाई मार्यो
त्यो बोलीले लौन लाटो पार्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो

एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ
आफैसित साँझ बिहान गुनासोमा पोखाई रहेँ
कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ
जे जे भएँ आखिरमा तिम्रै निम्ति यस्तो भएँ
कलेजी समाउनेले नै मार्यो
मलाई हेरी टोल्याउनेले मार्यो

रुपको पनि नशा हुन्छ यो त मलाई थाह थिएन
परेलीको भाषा हुन्छ यो पनि त थाहै थिएन
आँखा आँखा जुझिदिन्छ मुटु मुटु अल्झिदिन्छ
यस्तो पनि हुँदो रहेछ, यस्तो मलाई थाहै थिएन
घुम्टोबाट चियाउनेले नै मार्यो
झझल्कोमा आउनेले नै मार्यो

About the author

Artist Sansar