Nepali Song Lyrics- BAHAKINDO MAN- Bachchu kailash

Written by Artist Sansar

बहकिँदो मन तँ बहकी न जा
शब्द संगीत तथा स्वर: बच्चु कैलाश

BAHAKINDO MAN TA BAHAKI NA JA
Lyrics & Music BACHHU KAILASH

बहकिँदो मन तँ बहकी न जा
मायाको देश कहाँ छ कहाँ
आश नदेखा ए चंचल हवा

लहलह यो फूलमा छ फुलेको के
टहटह यो जुनमा छ मिलेको के
कलकल खोला चुल्बुल यो मन
आखिर मैले छ पाएको के
आँखामा आँशु छ मनमा ब्यथा
आश नदेखा ए चंचल हवा

पलपल यो बादलको बद्लिंदो रुप
खल्बल् गगनमा यो मनमा छ खुब
टाढाको माया नजिकै छायाँ
चोट छ दिलमा छ यो ओंठ चुप
यही नै हो मेरो जीवन कथा
आश नदेखा ए चंचल हवा

About the author

Artist Sansar