modeling workshop in nepal

चलचित्र ‘मारुनी’ को दुई वटा अफिसियल पोस्टर सार्वजनिक

basic photography workshop

काठमाडाैं-  फिल्म ‘मारुनी’ को दुई वटा अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री राम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता पुष्प खड्का र अभिनेत्री रेविका गुरुङले स्थान पाएका छन् ।

फिल्म निर्देशक नवल नेपालले खोलेका छन् । पुनम गौतमले निर्माण गरेको फिल्म ‘मारुनी’ बाट अभिनेत्री रेविका गुरुङले डेब्यु गरेकी हुन् । पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई सञ्जय लामाले छायाङ्कन गरेका छन् । स्मपादनको कार्य मित्र डी गुरुङले गरेको फिल्म भदौ १३ गते प्रदर्शनमा आउँदैछ ।

फिल्ममा राम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङसंगै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शङ्कर सेढाई, विनोद भट्टराई र सुशील क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ ।

artistnepal-tv-ads