गायक संगितकार पूर्ण गुरुङको उपचारार्थ नेपाली अमेरिकन कलाकार संघ र रिबेल ईभेन्टले १ लाख सहयोग

Written by Artist Sansar

दुवै मृगौलाले काम नगरेपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डाईलासियस गरेर दैनिकी बिताइरहेका नेपाली लोकगितका चर्चित गायक तथा संगीत संयोजक पूर्ण गुरुङलाई आर्टिस्ट नेपालको संयोजकमा नेपाली अमेरिकन कलाकार संघ र रिबेल ईभेन्टले १ लाख नगद सहयोग गरेको छ । गायक गुरुङलाई कलाकार संघको तर्फबाट नायक बिक्रान्त बस्नेत र रेबेल ईभेन्टको तर्फबाट गायक राजेश हमालको उपस्थितीमा आर्टिस्ट नेपालका नब ढुंगेलले हस्पिटल प्राङगणमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

पप सम्राट ओमविक्रम बिष्टको उपचारको लागि अमेरिका स्थित न्यूयोर्कमा बिभिन्न साँस्कृतिक कार्यक्रम गरेर संकलित रकमबाट गायक गुरुङलाई पनि सहयोग प्रदान गरिएको हो । लोकप्रिय गायक ओमविक्रम बिष्ट पनि हाल अमेरिकामा मृगौला फेल भएर उपचार गराईरहेका छन ।

उपचार खर्चको अभावमा बसिरहेका कलाकारको लागि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने बिभिन्न ब्यक्ती, कलाकार तथा संस्थालाई आर्थिक सहयोगको लागि नेपाली अमेरिकन कलाकार संघले आभार ब्यक्त गरेको छ ।

गुरुङ एरेन्ज गरेका ‘पानसमा बत्ति बालेको’ ‘दमौलीमा गेट’ लगायत गीत चर्चित छन । १० बर्ष पहिले नै मृगौला ट्रान्सफर गरेका गुरुङको फेरी मृगौला प्रत्यारोपण गर्नु पर्ने डक्टरको सल्लाह छ । थप उपचारका लागि अझै १२ देखि २० लाख रुपैयाँ लाग्छ । उक्त पैसा गुरुङसंग नभएपछि उनी सहयोगी हातहरुको पर्खाइमा रहेका छन ।

ईच्छुक महानुभावले आर्टिस्ट नेपाल मार्फत उहाँको थप उपचारको लागि सहयोग गर्नसक्नुहुनेछ । आर्टिस्ट नेपाल मार्फत उपचारमा सहयोग गर्नुहुने सहयोगीहरुको नाम र सहयोग रकम प्रकाशन गरिनेछ ।

Music Video Director nava Dhungel Singer rajesh hamal and actor bikrant basnet donate purna Gurung1

About the author

Artist Sansar