मिसेस नेपाल आइडल- २०१७ को तयारी, अडिसन राउण्ड सुरु

एमाजोन इन्टरटेन्मेन्टले राजधानीमा मिसेस नेपाल आइडल- २०१७ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ

https://artistnepal.com/

https://artistnepal.com/

"

एमाजोन इन्टरटेन्मेन्टले राजधानीमा मिसेस नेपाल आइडल- २०१७ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य, बौद्धिकता, प्रतिभा र सांस्कृतिक सचेतना सम्बन्धीत प्रतियोगिताको श्रावन १२ गतेबाट कमलादी दरबारमार्ग स्थित सि.डब्लु रेस्टुरेन्टमा अडिसन राउण्ड सुरु हुने आयोजक संस्थाले बताएको छ ।
प्रतियोगितामा आ -आन्नो कला संस्कृति सांस्कृतिक भेषभुसा र आफुमा अन्तर्निहित कला तथा क्षमता पनि प्रस्तुत गर्नसक्नेछन । यस प्रतियोगितमा सहभागी हुनका लागि विवाहित हुनुपर्ने, मानसिक रुपमा स्वस्थ हुनुका साथै उचाई कम्तिमा ५ फिट र नेपाल अधिराज्यभरबाट ईच्छुक विवाहित महिलाहरुले सहभागी हुन सक्ने एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताएका छन । यस् प्रतियोगितामा मोडेल हिमानी सुब्बाले कोरियोग्राफी गर्नेछिन ।
प्रतियोगिताको फर्म अफिसियल मिडिया पार्ट्नर आर्टिस्ट नेपाल तथा अडिसन हुने स्थान सि.डब्लु रेस्टुरेन्टमा पनि उपलब्ध छ । उक्त प्रतियोगिताको बिजेताले बिभिन्न गिफ्ट ह्याम्पर, ताज, ट्रफी, फ्री फोटोसुट, बिज्ञापन, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । गत बर्षको ‘मिसेस नेपाल आइडल-२०१६’को ताज कविता राई नेम्बाङले जितेकी थिईन ।