मंगोलियन समुदायका विबाहित नारीको प्रतियोगिता ‘मिसेस मंगोल’को तयारी

Written by Artist Sansar

मंगोलियन समुदायका विबाहित महिलाहरुको विविध कला संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गर्न लागिएको मिसेस मंगोलको पाँचौ संस्करणको अन्तिम तयारी सुरु भएको छ ।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गर्ने यस् प्रतियोगितामा प्रतिस्प्रधा गर्न मंगोल समुदायका विवाहित नारी हुनुपर्ने आयोजक संस्थाका अध्यक्ष कमल खतिवडाले बताए । नेपाल अधिराज्यबाट विवाहित नारीहरु प्रतिस्प्रधा गर्न आएको उनले बताए ।

यस् प्रतियोगितामा गत बर्ष मेलिना मोक्तान बिजेता भएकी थिईन । बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोगाफी गर्नेछिन । कमलादी स्थित मिडिया तथा प्रोडक्सनसँग सम्बन्धित संस्था आर्टिस्ट नेपाल स्टुडियोसमा यस् प्रतियोगिताको ट्रेनिङ तथा फोटोसुट हुनेछ ।

About the author

Artist Sansar