मिस एण्ड मिसेज व्युटिफुल नेपाल २०१८ को उपाधि मिस तर्फ एन्जिला कार्की तथा मिसेज तर्फ संगिता न्यौपानेले हात पारे

दक्ष ईन्टेरनेशनलको आयोजनामा आयोजित मिस व्युटिफुल नेपाल २०१८ को सिजन ३ तथा मिसेज ब्युटिफूल नेपाल २०१८ सिजन २ को उपाधि मिस तर्फ एन्जिला कार्की तथा मिसेज तर्फ संगिता न्यौपानेले जितेकी छिन ।

https://artistnepal.com/

https://artistnepal.com/

"

दक्ष ईन्टेरनेशनलको आयोजनामा आयोजित मिस व्युटिफुल नेपाल २०१८ को सिजन ३ तथा मिसेज ब्युटिफूल नेपाल २०१८ सिजन २ को उपाधि मिस तर्फ एन्जिला कार्की तथा मिसेज तर्फ संगिता न्यौपानेले जितेकी छिन । मिस तर्फ उपाधि सहित विभिन्न संघ संस्थाबाट प्रायोजित गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । ३० जना प्रतस्पर्धी मध्ये मिस तर्फ मनिषा देव फस्ट रनर अप भईन सेकण्ड रनर अपमा अस्मिता श्रेष्ठ तथा थर्ड रनर अपको उपाधि श्रृजना दाहालले जितेकी छिन । मस्ट पपूलरको उपाधि पवित्रा घर्ती मगरले हात पारिन । त्यसै गरि मिस क्याटवाक तेन्जिङ्ग लामा, बेष्ट हेयरमा समिक्षा श्रेष्ठ, मिस फोटोजेनीकमा प्रतिज्ञा भण्डारी, बेष्ट स्माईलमा लक्ष्मी केसी, मिस फेसन आईकन अरुणा कार्की, बेष्ट पर्सानालिटी निशा थापा, बेष्ट साइक्यु अस्मिता श्रेष्ठ बेस्ट स्किन पुष्पा सापकोटा, फेसबुक च्वाईस मिनाक्षी देवले हात पारिन भने मिस कन्जीनिलियटीमा मनिषा देव मस्ट डिसिप्लेनमा अरुणा कम्बान्ज, मस्ट फ्रेण्डली एन्जिला कार्की बेष्ट स्पिच बेन्जु थापा ब्युटी विथ प्रपोज बिजेना चौहान,, मस्ट चार्मिगं श्रृजना दाहाल, बेष्ट फिटनेश रेविका बराईली मिस टैलेन्ट समिक्षा श्रेष्ठ, बेष्ट डान्स प्रतिज्ञा भण्डारी, बेष्ट सिंगर रोशनी कुमारी रावल ,सोसल रेष्पन्सीबलमा बिनु तामागं, मस्ट एक्टिभम पवित्रा घर्ति मगर र मस्ट आइकनीक आईजमा कल्पना तामागंले टाईटलको उपाधि हासिल गर्न सफल भएका थिए ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित उक्त ग्राण्ड फिनाले कार्यक्रममा प्रमखु आकर्षण कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक शुरुवात गर्नुभएको थियो ।

कोरियाग्राफर आश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगिताको इभेन्ट म्यानेजरमा बविता बज्राचार्य रहेकी थिईन । नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष तथा समाजसेवी डा.श्याम खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, नायिका संचिता लुईटेल, नायक गजित विष्ट तथा गायक सिताराम पोख्रेल निर्णायक रहेका कार्यक्रममा बिशेष अतिथी लोकप्रिय हास्य कलाकार किरण केसी थिए । लोकप्रिय कलाकारहरु निरु खड्का, यमन श्रेष्ठ कमला रेग्मि, महादेब त्रिपाठी रमेश श्रेष्ठ सिमान्त सन्तोष, धु्रब विस्को प्रदिप कसपाल लगायत कलाकाहरुले आफ्नो प्रस्तुती समेत दिएका थिए । कार्यक्रमा विशेष व्यक्तिहरुलाई अतिथीको रुपमा सम्मान गरिएको थियो । एएनपी मिडियाका अध्यक्ष लब वहादुर कार्की, होटल रानी महलका बालकृष्ण पोख्रेल, समाजसेवी,नायिका एवं व्यबसायी शान्ता लामा, होटल काभेरी ईन का कमल शर्मा, लगायतलाई अतिथीको रुपमा प्रमुख अतिथीले सम्मान गर्नु भएको थियो ।

आयोजक दक्ष ईन्टरनेशनले यस पटक देखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत एवार्ड वितरण समेतको शुरुवात गरेको थियो । जस अनुसार यस बर्ष कलाकारिता विधामा बरिष्ठ कलाकार किरण केसीे दक्ष कला एवार्ड बाट सम्मानित भएका थिए भने पत्रकारिता तर्फ दक्ष पत्रकारिता एवार्डबाट आर्टिष्ट नेपालका सिईओ राजेन्द्र लुईटेल (राज) सम्मानित नगद रु.५५,५५५। सहित भएका थिए, त्यस्तै ईभेन्ट व्यबस्थापन विधामा ईभेन्ट डाईरेक्टर निशु कान्त झा नगद रु.५५,५५५। सहित सम्मानित भएका थिए । कार्यक्रमका प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठले सम्मानित व्यत्तिहरुलाई सम्मानित गर्नुभएको थियो । आयोजकले प्रत्येक वर्ष आयोजना हुने मिस एण्ड मिसेज व्यूटिफुलको कार्यक्रममा ३ जना कलाकारिता, पत्रकारिता तथा ईभेन्ट व्यबस्थापन क्षेत्रमा उत्कृष्ट व्यक्तित्वहरुलाई उक्त एवार्डबाट सम्मानित गर्ने जनाएको छ ।

कार्यक्रममा दक्ष ईन्टरनेशनलका प्रबन्ध निर्देशक टेक राज पाण्डे तथा व्युटिसियन बविता बज्राचार्यले प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ तथा किरण केसीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रम कोरियोग्राफर आश्विनी झाले संचालन गर्नुभएको थियो ।