मिस्टर तथा मिस विश्वकर्मा २०१७ आयोजना हुदै

Written by Artist Sansar

बिस्वकर्माहरुको आवाजलाई राष्ट्रिय पहिचानको रुपमा बुलन्द गर्न, मिस बिस्वकर्मा २०१७ तथा मिस्टर बिश्वोकर्मा २०१७ को प्रतियोगिता हुन लागेको हो

काठमाडौँ | सत्ययुग देखि परापुर्ब काल र अहिलेको कलियुगसम्म हर कोहि व्यक्तिले तथा भगवानको पाला देखि नै बिस्वकर्मालाइ पुज्दै र मान्दै आएको एक ध्रुबसत्य कुरा हो, राजा महाराजाहरुको पाला देखि बिस्वकर्मालाई एक कुशल बौद्धिक र क्षमताबान समुदायको रुपमा चित्रण गरिदै आएको छ यसको अनेकौ उदाहरण हाम्रो समाज र इतिहासमा साक्षि भएर बसेका छन यसै परापुर्ब काल देखि सबैले मान्दै र पुज्दै आएको समुदायका जागरुक युवा पिडि बाट अहिले राष्ट्रलाइ नै गौरब हुने गरि सम्पूर्ण बिस्वकर्मा समुदायहरुलाइ एकै ठाउ समेटी बिस्वकर्माहरुको आवाजलाई राष्ट्रिय पहिचानको रुपमा बुलन्द गर्न, मिस बिस्वकर्मा २०१७ तथा मिस्टर बिश्वोकर्मा २०१७ को प्रतियोगिता हुन लागेको हो र त्यसको तयारी तिब्र रुपमा गरिदैछ|

 

युवा पिडि बाटनै सकारत्मक समाज परिवर्तन गर्न सम्भब छ भन्ने सोचका साथ, परिवर्तनको लागी हाम्रो आवाज; भन्ने मुल नाराका साथ नेपालमै पहिलो पटक मिस्टर बिश्वकर्मा २०१७ र दोस्रो पटक मिस बिश्वोकर्मा २०१७ प्रतियोगिता हुदैछ । तथाकथित पुरातन सोच बिरुद्द जातियता पहिचान र आफ्नो हक हितको लागि परिवर्तन इभेन्ट हाउस प्रालिले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । जातिय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग भएको सीप कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न आयोजना गर्न लागेको यस प्रतियोगितामा बिस्वकर्मा समुदाय भित्र का १०६ थर हरु लाई लक्षित गरिएको छ। बिस्वकर्मा समुदाय भनेको के हो  बिस्वकर्माको आफ्नो पहिचान, सस्कृति के छ  बिस्वकर्माको इतिहास भनेको के हो भन्ने कुराहरुलाइ तथा बिस्वकर्मा समुदायलाई एकबद्द गराई यस समुदायको हकहित र पहिचानलाइ राष्ट्र र अन्तराष्ट्रिय रुपमा प्रस्तुति गराउने लक्ष्य सहित आयोजना गर्न लागिएको हो |

नेपालकै तथाकथित शोषणमा पारिएका जातीयता भित्रको ठुलो सौन्दर्य प्रतियोगिता मिस बिस्वकर्मा २०१७ तथा मिस्टर बिश्वोकर्मा २०१७ आयोजना गर्न लागीएकोमा आयोजकहरु तथा सहयोगीहरु उत्साहित देखिएका छन् यो प्रतियोगितामा बिस्वकर्माहरुको इतिहास, आफ्नो भाषा सस्कृति, विशुद्ध युवापिडिहरुको व्यक्तित्व विकास, सञ्चार क्षमता र प्रतियोगीहरुमा भएको आत्मविश्वास अभिवृद्धि गराउने कुरामा लक्षित रहेको छ ।

मिस तथा मिस्टर बिस्वकर्मा २०१७ को भदौ पहिलो साता बाट कोरियोग्राफी ट्रेनीङ सुरु गरिने र असोज १ गते बिश्वोकर्मा पुजा को दिन बिजेता घोषण गरिने साथै राष्ट्रिय टेलिभिजन बाट प्रत्यक्ष प्रसारण सहित समापन गरिने कुरा यस प्रतियोगिताका संयोजक तथा एभेण्ट म्यानेजर राज बराइलीले  बताए ।

यस सौन्दर्य प्रतियोगिताको मुख्य उद्येश्य राजनैतिक र जातिय विभेद भन्दा माथि यूवा हुनुपर्छ भन्ने रहेको छ र नेपाली समाजमा भएको कुरीति बिरुद्द सकारात्मक संदेश सम्प्रेषण गर्न यो प्रतियोगिता कोशेढुंगा साबित हुने आयोजक टिमले बताएका छन्

About the author

Artist Sansar