मिस्टर एण्ड मिस राजधानी अर्को शुक्रबार

आर्टिस्ट नेपाल । मिस एण्ड मिस्टर राजधानीको अन्तिम प्रतिस्प्रधा नेपाल बन्दको प्रभावले एक साता पर सरेको छ । एक्पोज नेपाल डट कमले आयोजना गरेको उक्त प्रतियोगिता को फाइनल राउण्ड आज अर्थात बैसाख २९ गते शुक्रबार हुने भनिएको थियो ।

प्रतियोगिताको लागि विगत डेढ महिनादेखि ३० जना प्रतियोगीहरु प्रशिक्षणमा व्यस्त थिए । जस मध्ये दुई जनाले मिस्टर तथा मिस राजधानीको उपाधि जित्नेछन्। कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न हुने ‘मिस्टर एन्ड मिस राजधानी-२०१२’ अर्को साता दिउँसो २ बजे प्रारम्भ भै ३ घण्टा चल्नेछ। चाँदनी लामिछाने तथा सजल केसीले प्रतिस्पर्धी मोडलहरूलाई क्याटवाक, व्यक्तित्व विकास आदि विधामा प्रशिक्षण दिएका छन्।प्रतियोगिताको ब्यबस्थापन बिनोद सिंहले लिएका छन् । उक्त प्रतिस्पर्धा परिचयात्मक चरणबाट प्रारम्भ हुँदै ट्यालेन्ट, बेस्ट डे्रस, टप टेन हुँदै निर्णायक चरणसम्म पुग्नेछ। यो प्रतियोगितालाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। त्यस्तै कार्यक्रममा सुमन श्रेष्ठ , प्रविन बज्राचार्य, आस्था बि, सम्भोज मल्लले लाइभ गाउने छन् ।