रबिन र सपनाले जिते मिस्टर एण्ड मिस राजधानीको ताज

Written by Artist Sansar

मिस्टर एण्ड मिस राजधानीको ताज रबिन पोखरेल र सपना अधिकारीले जितेका छन् । शनिबार कमलादी स्थित प्रज्ञा भवनमा आयोजित फाइनल प्रतिस्प्रधामा उक्त उपाधि हात पारेका हुन् ।

र्टिस्ट नेपाल :: मिस्टर एण्ड मिस राजधानीको ताज रबिन पोखरेल र सपना अधिकारीले जितेका छन् । शनिबार कमलादी स्थित प्रज्ञा भवनमा आयोजित फाइनल प्रतिस्प्रधामा उक्त उपाधि हात पारेका हुन् ।

सो प्रतियोगितामा फस्ट रनरअपमा सामुएल गुरुङ र एनी कुँवर , सेकेन्ड रनरअपमा संजिव बिमली र हिमानी सुब्बा , पब्लिक चुजमा ( भोटिंग ) मा सामुएल गुरुङ र नेहा पोखरेल , बेस्ट ड्रेस अन्तर्गत संजय पोखरेल र सिर्जना पाण्डे , पपुलर अन्तर्गत संजय पोखरेल र रोशन रोकाया , बेस्ट स्टाईलिस अन्तर्गत कृष्ण गुरुङ र हिमानी सुब्बा, बेस्ट चार्मिंगमा ज्ञानेन्द्र सुबेदी र अन्जली राई, बेस्ट डिसीप्लेन मा शिव महत र सृजना पाण्डे, बेस्ट क्याटवाल्क अन्तर्गत सामुएल गुरुङ र सपना अधिकारी , बेस्ट हेन्डसम एण्ड ब्युटिफुल अन्तर्गत रोशन गुरुङ र एनी कुँवर ,बेस्ट फोटोजेनिक अन्तर्गत अनिल जंग थापा र नम्रता शाहीले उपाधि हात पारेका छन् ।

२ बजे देखि सुरु भएको उक्त कार्यक्रममा गायक सुमन श्रेष्ठ, आस्था बि , सम्भोज मल्ल, प्रविन बज्राचार्य र फराज अर्पणले उपस्थितमाझ आ -आफ्ना चर्चित गित सुनाई थप मनोरंजन प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलहरुमा सुशील नेपाल , दिपेन्द्र डंगोल, पुर्ब मिस नेपाल मलिना जोशी, नायिका रिमा बिश्वकर्मा , खगेश रंजितकार, नायक रेश मरहठा, राजु केसी, गायिका आगन्तुक खरेल, अयुस्मान घिमिरे रहेका थिए । त्यस्तै चिप गेस्टमा युबराज लामा रहेका थिए ।

प्रतियोगिता एक्पोज नेपाल डट कमले आयोजना गरेको हो भने प्रतियोगिताको फाइनल राउण्ड हिमालयन टेलीभिजनबाट प्रतक्ष्य प्रशारण गरिएको थियो । प्रतियोगिताको लागि २ महिनादेखि ३० जना प्रतियोगीहरु प्रशिक्षणमा व्यस्त थिए । चाँदनी लामिछाने तथा सजल केसीले प्रतिस्पर्धी मोडलहरूलाई क्याटवाक, व्यक्तित्व विकास आदि विधामा प्रशिक्षण दिएका थिए भने प्रतियोगिताको ब्यबस्थापन राईज म्युजिकका निर्देशक बिनोद सिंहले लिएका थिए ।

About the author

Artist Sansar