चलचित्र ‘यो माया कस्तो माया..”को औपचारिक घोषणा

Written by Artist Sansar

एस.के.एन. सिनेमा प्रा.लि. को ब्यानरमा चलचित्र ‘यो माया कस्तो माया’ बन्ने भएको छ। सम्बृद्धि श्रेष्ठ र इन्द्र रजकको सयुक्त लगानी, र सह निर्माता विशाल गुरुङको रहने चलचित्रको कथा तथा निर्देशन भुषण आनन्द ठकुरीको रहनेछ भने उनलाई मुख्य सहायक निर्देशनमा एन्जिला छेत्रीले सहयोग गर्नेछिन । एन्जिला उअस चलचित्रकी पटकथा,संवाद, लेखक पनि हुन ।

कर्ण थापा (किरण) कार्यकारी निर्माता रहेको यस् निर्माणधिन चलचित्रको छायांकनको जिम्मा दिब्य सुबेदीले लिएका छन भने संगीतमा अर्जुन पोखरेलले लिएका छन । चलचित्रमा समाबेश हुने गीत डा. कृष्णहरि बराल र अर्जुन पोखरेलले लेख्नेछन भने अन्जु पन्त, फिरोज बस्नेत, सुभानी मोक्तानले चलचित्रका गीतमा आवाज दिनेछन ।

पूर्णतया प्रेमकथा र पारिवारिक विषयबस्तुमा आधारित चलचित्रमा युबराज केशरी, दिवश धिताल, सभ्यता गिरि, ऋतु पौडेल, सुमित डंगोल, रबिन्द्र खड्का, नितु कोइराला,चेत बहादुर राजा,सुम्दर श्रेष्ठ आदि कलाकार हरुको मुख्य भूमिका रहेको छ । सभ्यता, सुन्दर, ऋतु र सुमितले यसै चलचित्र मार्फत डेब्यु गर्न लागेका हुन्।

About the author

Artist Sansar