बेस्ट मोडल अफ द इयरको खोजी

Written by Artist Sansar

‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०१९’ र ‘मिष्टर एण्ड मिस एसईई बेष्ट मोडल अफ द इयर २०१९’ प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता युथ क्रियसन नेपालले गर्न लागेको हो । मंगलवार कमलादी स्थित आर्टिस्ट नेपालको हलमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै क्रियसले दुई सौदर्य प्रतियोगिता एकसाथ आयोजना गर्न लागेको जानकारी दिईयो । पत्रकार सम्मेलनमा कोरियोग्राफर रोजिन शाक्य मिस हेरिटेज कुईन २०१७ बिजेता रुपा लामा, नायिका जान्वी बस्नेत लगायत अतिथी कार्यक्रममा उपस्थिती थिए ।

कार्यक्रममा प्रतियोगिताको आवेदन समेत खुल्ला गरिएको जानकारी दिइयो । १६ देखि ३० बर्षसम्मका जुनै समुदायका युवायुवतीले आवेदन भर्न सक्ने प्रतियोगितामा सहभागीका एसएलसी र न्युनतम ५ फिट उचाई तोकिएको छ ।

‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर’का लागि ८ चैत्रसम्म आवेदन दिइसक्नु पर्ने र पहिलो चरणको छनौट चैत्र ९ गते हुने र ‘मिष्टर एण्ड मिस बेष्ट मोडल एसईई’का लागि २२ चैत्रसम्म आवदेन दिनसक्ने र पहिलो चरणको छनौट चैत्र २३ गते हुने कार्यक्रममा जानकारी दिइयो ।

मोडलिङ क्षेत्रमा लाग्ने युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित बातावरण बनाउने उदेश्य प्रतियोगिताको रहेको आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले बताए । अडिसनबाट छानिएका प्रतियोगीतबाट ३ जेठमा हुने अन्तिम प्रतिस्पर्धाबाट बिजेता चयन गरिने छ । यसको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् ।

About the author

Artist Sansar