‘मिस नेपाल २०१९’का विजेताहरुलाई बिदाई

Written by Artist Sansar

काठमण्डौ- सेप्टेम्बर २७ देखि विभिन्न अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भाग लिनका लागि यो बर्षका ‘मिस नेपाल’का विजेताहरु देश बाहिर जाँदैछन् । उनीहरुलाई, आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ले बिदाई गरेको छ । यो बर्ष ‘मिस वल्र्ड’ बेलायतमा आयोजना हुँदैछ । यस्तै, ‘मिस यूनिभर्स’ र ‘मिस अर्थ’ फिलिपिन्स, ‘मिस इन्टरनेशनल’ जापान र ‘मिस सुप्रानेशनल’ पोल्याण्डमा आयोजना हुँदेछ ।

‘मिस नेपाल अर्थ’ रीया बस्नेत सेप्टेम्बर २७ मा फिलिपिन्स उड्नेछिन् । यस्तै, अक्टुबर २५ मा ‘मिस नेपाल इन्टरनेशनल’ मिरा कक्षपति जापान उड्ने कार्यक्रम छ । ‘मिस नेपाल वल्र्ड’ अनुष्का श्रेष्ठ नोभेम्बर २० मा बेलायत उड्नेछिन् । ‘मिस सुप्रानेशनल’ रोज लामा नोभेम्बर १८ मा पोल्याण्ड उड्ने कार्यक्रम छ । ‘मिस नेपाल यूनिभर्स’ प्रदिप्ता अधिकारीको उड्ने दिन पक्का भएको छैन ।

यो बर्षको ‘मिस वल्र्ड’ बेलायतमा डिसेम्बर १४ मा आयोजना हुँदैछ । यस्तै, ‘मिस अर्थ’ अक्टुबर २६, ‘मिस इन्टरनेशनल’ नोभेम्बर १२, ‘मिस सुप्रानेशनल’ डिसेम्बर २६ मा आयोजना हुने कार्यक्रम छ । ‘मिस यूनिभर्स’को आयोजना मिति पक्का भएको छैन ।

अहिले यी ५ अन्तरराष्ट्रिय प्रतिस्पर्धामा भाग लिनका लागि नेपाली प्रतिस्पर्धीहरु विभिन्न तालिममा व्यस्त रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

About the author

Artist Sansar