ट्रेनिङमा मिस हेरिटेज क्विन नेपाल २०१८

Written by Artist Sansar

युथ क्रिएसन नेपालको आयोजनामा मिस हेरिटेज क्विन नेपाल २०१८ सिजन टु को ट्रेनिङ सुरु भएको छ । कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोस एण्ड प्रोडक्सन हलमा यस् प्रतियोगिताको ट्रेनिङ सुरु भएको हो ।

नेपाली कला,संस्कृति एवम् सम्पदाको संरक्षण तथा प्रबद्र्धन गर्नुको साथै आफुमा भएको प्रतिभा देखाउने, आत्मबिश्वास बढाउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा १६ देखि ३० वर्षसम्मका युवतीहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । अझै केही सिट खाली रहेको र इच्छुक युवतीहरुले श्रावण ३० भित्र अन्तिम आवेदन फर्म बुझाइसक्नुपर्ने आयोजकले बताए । एक महिना सम्म चल्ने ट्रेनिङको हरेक दिन फरक फरक गेस्ट सेलिब्रेटीहरुको उपस्थिती रहने आयोजक संस्थाका अध्यक्ष रबी लामा तामाङ्ले बताए ।

प्रतियोगीहरुलाई चर्चित कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन भने अफिसियल फोटोग्राफी आर्टिस्ट नेपाल स्टुडियोसले गर्नेछ ।

About the author

Artist Sansar