मोडल निष्मा जिमीद्वारा अभिनित ” तिमिले जिवनसाथी अर्कै रोज्दै छौ रे” म्युजिक भिडियो सार्बजनिक

https://artistnepal.com/

https://artistnepal.com/

"

मोडल निष्मा जिमीद्वारा अभिनित ” तिमिले जिवनसाथी अर्कै रोज्दै छौ रे “ बोलको निकै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा मोडल निश्माको साथमा मोडल बिक्रम बुढाथोकीको जिवन्त अभिनय देख्न सकिन्छ ।

गायक हेमन्त शिशिरको समुधुर आवाज, रचना तथा संगीतमामा सजिएको गीतको भिडियो निर्देशन स्वयं हेमन्त शिशिरकै रहेको छ । शंका एल्बममा समावेश गीतलाई शिशिर फिल्मस्ले उत्पादन तथा बजार प्रवद्र्धन गरेको छ । मुकेश हुमागांईको छायाङ्कन र अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई निकै रुचाईएको छ ।

केहि चर्चित गीतहरुमा मोडलिङ्ग गरेर पछिल्लो पटक यस क्षेत्रमा आफ्नो पहिचान बनाउन प्रयासरत मोडल निश्मा अभिनित यस म्यूजिक भिडियो छोटो समयमा नै लोकप्रिय हुने पुगेको छ । हाल नृत्य र अभिनयको एक साथ तालिम लिदै गरेकी निश्मा पेशाले ब्युटिसियन समेत हुन । अभिनय आफ्नो सौख भएको तर पेशालाई पहिलो प्राथमिकतामा राखेर अभिनयलाई पनि निरन्तरता दिने उनी बताउछिन ।

भिडियो :