मिस इकलेज २०१५को आवेदन खुल्ला

Written by Artist Sansar

। विगत ६ वर्ष देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीताको छैठौ संस्करणको आवेदन खुल्ला गरिएको …..[+]

काठमाडौ । ‘मिस इकलेज २०१५’ को आवेदन खुल्ला गरिएको छ । विगत ६ वर्ष देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीताको छैठौ संस्करणको आवेदन खुल्ला गरिएको आयोजक सिजन मिडिया प्रा.लिले जनाएको छ ।
कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको बिकाश र बिस्तार सहित सोही अनुरुप मार्ग निर्देशन गर्दै समाज उपायोगी व्यक्तिको रुपमा अगाडी बढाउन प्रतियोगीताले महत्वपुर्ण भुमिका खेल्दै आएको आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले वताए ।
बिगतका बर्षहरु भन्दा अझ परिस्कृत रुपमा कार्यक्रम आयोजना गरिने बताएको सिजन मिडियाले यो प्रतियोगीता १६ देखि २५ वर्षसम्मका छात्राहरुलाई मध्यनजर राखेर गर्न लागेको हो । यीनै उमेर समुहका छात्राहरुले मात्र कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।
वम्यान पर्सनालिटी इडुकेशन एण्ड ब्युटी (धयmभल उभचकयलबष्तिथ भमगअबतष्यल बलम दभबगतथ )भन्ने नाराका आयोजना हुन लागेको प्रतियोगीतामा देशभरका कलेज अध्यायनरत छात्राहरुले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगीतामा पहिलो चरणको अडिसनबाट छानिन सफल ३० प्रतियोगीलाई मात्र अन्तिम स्पर्धामा सहभागीता गराइनेछ ।
मंसिर अन्तिम सातासम्म आवेदन भर्न सकिने प्रतियोगीताको फारम सिजन मिडियाको कार्यालय पुतली सडकबाट उपलब्ध हुनेछ । आगामी माघको पहिलो साता राजधानीमा प्रतियोगीताको अन्तिम स्पर्धँ आयोजना हुनेछ ।
प्रतियोगिताका विजेताले ‘मिस इकलेज २०१५’को ताज सहित स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति पाउने छिन् । साथै बिभिन्न अन्य उपहार प्राप्त गर्नेछन् । फस्ट रनर अप र सेकेण्ड रनर अप लगायत १६ उप–शिर्षमा पनि प्रतियोगितामा बिजेता छानीने छ ।

About the author

Artist Sansar