मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा

https://artistnepal.com/

https://artistnepal.com/

"

मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । उनिहरुले निर्णायक मण्डलका श्रवण कुमार कुवर ,सिम्रिक यएर लाइन्सकी चिफ क्याविन क्रयू अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१५ की विजेता नितिका कर्मचार्य,मिस इकलेज २०१७ की सेकेन्ड रनरअप युनीता खत्री बिच आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन ।

कलेजमा अध्ययनरत टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको अध्ययनको लागि सहयोग पु¥याउने र समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो संचालित यस् प्रतियोगितामा पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्दै रहनु भएको छ ।

फागुन ५ गते काडाघारी स्थित अक्षरा स्कुलको सभाहलमा अन्तिम प्रतिष्प्रधा हुने यस्प्र तियोगिताका विजेताले “ मिस ईकलेज २०१८” को ताज उपाधि सहित रु एकलाख ८० हजार पर्ने यामाहा रेजी स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति, नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु २५ हजार वरावरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । साथै विजेता ३ जनाले ५ दिनको वैङकक पटाय भ्रमणको अवसर पनि प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १८ विधामा पनि सव टाइटल प्रदान गरिने छ ।