प्रेमदिवसमा सुबानी मोक्तान तथा कमल खत्रीको ‘म सधैं’

https://artistnepal.com/

https://artistnepal.com/

"

गायिका सुबानी मोक्तान तथा गायक कमल खत्रीको आवाजमा रहेको ‘म सधै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमका भाबहरुलाई उत्कृष्ट शब्द चयन गरेर सुबानी आँफैले शब्द संगीत तयार पारेकी हुन ।

‘भ्यालेन्टाईन डे’लाई लक्षित गर्दै सार्वजनिक गरिएको यस् रोमान्टिक भिडियोमा सुरभी मानन्धर र सतिस श्रेष्ठको रोमान्सलाई उत्कृष्ट ढंगबाट देखाईएको छ । अन्ट्रेलियाका बिभिन्न रमणिय ठाउँहरुमा छायांकन गरिएको यस् भिडियोका छायांकार सौरभ मानन्धर हुन । सौरभ अस्ट्रेलियामा सिनेमाटोग्राफी अध्ययन गरेर त्यही ब्यबशायिक ढंगबाट काम गरिरहेका ब्यक्तिहुन ।

भिडियोलाई सन्दिप श्रेष्ठले निर्देशन गरेका हुन । सन्दिप आँफैमा सफल छायांकार हुन । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन ।
भिडियो हेर्नुहोस्