मायाको अभावमा छट्पटिएकी रोज (नाटक समिक्षा)

Written by Artist Sansar

उमेरले सानी तर कलेज पढ्न काठमाडौंमा एक्लै संघर्श गरेर बसेकी एउटी युबती हुन रोज । वाध्यतावस कलेजको फि तिर्ने पैसा नभएर कलेजले नै निस्कासन गरेपछी र कोठाभाडा तिर्न नसकेर साथीको कोठामा शरण लिन पुगे पछी उनको जीवनमा धेरै परिवर्तनका संकेतहरु देखिन थाल्दछन् । उनले बाबाको माया अनुभुत नगरेको धेरै बर्ष भयो । शायद अब आमाको मायाको अनुभुती पनि उनिबाट जाने क्रममा छ किनभने उनको आमालाई मुटुको समस्याले गर्दा औषधीले छुन पनि छाडिसकेको छ ।

सानै उमेरमै उनी परिवारबाट एक्लै भईन । उनलाई जहिले मायाको खाँचो अनुभुत हुन्थ्यो । अहिले उनी बसेको साथीको कोठा संगैको कोठामा पनि उनी जस्तै काठमाडौंमा पढ्नको लागि एक युबक बस्छन । जो असाधै राम्रो गीत गाउने र गितार बजाउने गर्दछन । उनलाई उनको आवाज र उनले बजाएको गितारको धुनले उ प्रती नजिक गराउदै लग्यो ।

ma rose drama kamal khatiwoda himani subba dikpal karki 2

उनिहरु आखिरी नजिक भै छाडे पनि । एक आपसको लागि जन्दिएको अनुभुत गर्दैगर्दा प्रेम दिवस अन्तर्गतमा बिभिन्न दिनले पनि उनिहरुलाई साथ दिन्छन, अन्त्यमा रोजले आत्महत्या गर्नपुग्छिन । बियोगान्तले भरिएको उपन्यासजस्तो लागे पनि प्रस्तुत ‘म रोज’ नाटकमा देखिने दृश्यांश हुन् । शिल्पी थिएटरमा हिजो माघ २५ देखि चलिरहेको नाटक ‘म रोज’ को पूरै दृश्य हेर्न भने थिएटरमै पुग्नुपर्छ ।

किशोरकिशोरीको चञ्चलतासँगै उनीहरुको महत्वाकांक्षाले निम्ताउने दु:खद अवस्थाको चित्रण नाटकले गर्न खोजेको छ । पढ्ने बहानामा गाउँबाट सहर छिरेका युवतीहरुले मायाजालमा फसेर अन्तरदन्दमा परेर आफुलाई सिध्याएको उदाहरण म रोजले देखाउँछ।

नाटकमा फिल्म हेरेको जस्तो अनुभुती दर्शकले गर्न पाउदछन । नाटकमा मुख्य पात्र दिक्पाल कार्की र हिमानी सुब्बा छन । उनिहरुबाहेक मन्जु श्रेष्ठ, केशव सापकोटा, गौरा राई, पवित्रा खड्का, खेमानन्द जैसी, ज्ञानिता नेम्वाङ, अभिषेक बोहोरा, करुणा श्रेष्ठ, विष्णु खड्का आदि कलाकारले अभिनय गरेका छन ।

नाटकको बिभिन्न समयमा केशव सापकोटाको प्रस्तुतीले दर्शकदिर्घामा हासोको फोहरा फुट्दछ । गौरा राई र पवित्रा खड्काको प्रस्तुतीले थप रौनक दिन्छ । कलाकार मन्जु श्रेष्ठ पवित्र र गौराको दिदीको भूमिकामा छिन् । प्रेम र हास्यरस मिश्रित नाटकमा निर्देशक कमल खतीवडाको बेजोड निर्देशकिय क्षमता देखिन्छ ।

चेतनामूलक नाटक भएकाले बिशेषत युवापुस्तासँगै स्कुले बालबालिकाका लागि पनि यो नाटक उपयुक्त देखिन्छ । नाटक माघ २७ सम्म चल्नेछ।

ma rose drama kamal khatiwoda himani subba dikpal karki

About the author

Artist Sansar