प्रेम दिवसको पूर्व सन्ध्यामा जुनुको साथी रिलिज (भिडियो)

https://artistnepal.com/

https://artistnepal.com/

"

प्रेम दिवस अर्थात भ्यालेनटाइन डेको पूर्व सन्ध्यामा सुगम संगीतकी सुमधुर गायिका जुनु गौतमको ‘साथी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सेलिब्रेटी नेपालको प्रस्तुति रहेको गीतमा प्रेमका ओजनदार शब्दहरु द्वारा माफ्नो प्रेमीको खुलेर प्रशंशा गरिएको छ र भिडियोमा मिलन दाहाल र निशा घिमिरेको प्रेममय क्षणहरुलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको छ ।

पुष्पन प्रधानको शब्द तथा संगीतमा तयार भएको गीतलाई ड्रोनको माध्यमबाट सुरेश काफ्ले र क्यामराको माध्यमबाट ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन । जे.डी.क्रियसनको निर्माणमा बनेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस् ।