टेलिभिजन रियालीटी शो “नेपाल लोक आईडल” आयोजना हुने

Written by Artist Sansar

नेपालमै पहिलो पटक टेलिभिजन रियालीटी शो नेपाल लोक आईडल २०७५ को आयोजना हुने भएको छ ।

सार्थक डिजिटल म्यूजिकको आयोजना र जेब्रा क्रियसनको प्रस्तुतीमा नेपालको लोकसंस्कृति जर्गेना, सम्बद्र्धन र संरक्षण गर्ने उदेश्यले उक्त रियालिटी शो को आयोजना गरिने भएको छ । “नेपाल,कला र संस्कृतिको धनी राष्ट्र हो । यिनै कला संस्कृति र ग्रामीण भेगका कुना कन्धरामा गुञ्जिने लोक भाकाहरु नै हाम्रा साँस्कृतिक धरोहर हुन् ।

यिनै कला र गलाको उचित संरक्षण र सम्बद्र्धन अहिलेको अपरिहार्यता भएकोले यस लोक आइडलको आयोजना गरेका हौँ “ लोक आइडलका निर्देशक सुरेन्द्र दाहालले भने। देशका कुना कन्दरामा घन्कीने लोकभाकाहरुलाई टेलिभिजनका माध्यमवाट दर्शक समक्ष जस्ताको तस्तै पस्कने जमर्को स्वरुप देशभरकै ७७ जिल्ला र नयाँ संरचनाका सातवटै प्रदेशका प्रतिभाहरुलाई प्रष्फुटन गर्ने उद्धेश्य सहित नेपाललोक आईडल २०७५ गर्न लागिएको निर्देशक दाहालको तर्क रहेको छ ।

दाहालका अनुसार यस प्रयासले पक्कै पनि बर्षौदेखि आफुभित्रको क्षमता,प्रतिभा र उनिहरुको लोकशैलीलाई यस अभियानमार्फत समेट्ने छ । ” यस आईडललाई केवल एउटा टेलिभिजनकार्यक्रमको रुपमामात्रै सिमितनपारी देश समृद्ध बनाउने, देशको संस्कृति सम्बद्धन गर्ने, कला र संस्कृतिलाई मूर्त रुप दिने अभियानका रुपमासमेत यस आईडललाई लिएका छौं ” दाहाल बताउनुहुन्छ ।

लोक आइडलको पहिलो विजेताले पुरस्कार स्वरुप नगद रु ३० लाख, प्रमाणपत्र र बिभिन्न गिफ्ट् ह्याम्परहरु पाउनेछन भने उनिहरुको क्षमता अनुरुपकागीतहरु तयार गरी म्यूजिक भिडियो समेत निर्माण गरिनेछ । त्यसरी नै दास्रो विजेतालाई नगद रु १५ लाख, प्रमाणपत्र र बिभिन्न गिफ्ट् ह्याम्परहरु सहितउनिहरुको क्षमता अनुरुपकागीतहरु तयार गरीम्यूजिक भिडियो समेत निर्माण गरिनेछ ।त्यसरी नै तेस्रो विजेतालाई रु १० लाख, प्रमाणपत्र र बिभिन्न गिफ्ट् ह्याम्परहरु सहितउनिहरुको क्षमता अनुरुपकागीतहरु तयार गरीम्यूजिक भिडियो समेत निर्माण गरिनेछ ।
यस नेपाल लोक आईडल २०७५ को छायांकनको लागि सातै प्रदेशका बिभिन्न स्थानहरुमा छायांकन गरी त्यसका मुख्य–मुख्यझलकहरुलाई टेलिभिजन कार्यक्रम मार्फत प्रशारण गरीने छन् भने दोस्रो चरणदेखिका सम्पूर्ण छनौट चरणका कार्यक्रमहरु टेलिभिजनएपिसोड मार्फत प्रशारण गरीने छन् ।

About the author

Artist Sansar