मिस ईडिजेनोस हेरिटेज नेपाल सौन्दर्य प्रतिस्प्रधाबाट मोडलिङमा प्रबेश गरेकी हुन कबिता श्रेष्ठ । मोडलिङ मोहकै कारण निरन्तरता दिएको बताउने कबिता प्रतिस्प्रधा मार्फत ब्यक्तिव बिकास सम्बन्धित धेरै ज्ञान हासिल गरेको बताउछिन । उनले १ दर्जन भन्दा धेरै फेशन शो हरुमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् ।
५.५ फिट हाईट भएकी कबिताले र्याम्प बाहेक टेलिभिजन बिज्ञापन तथा म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् । स्नातक तहको अध्ययन सकेर फुर्सदको समय सदुपयोग गरेकी कबिता आगामी दिनमा कोरियोग्राफर तथा म्युजिक भिडियो तथा बिज्ञापनमा निरन्तर आउने चाहना रहेको बताउछिन । आर्टिस्ट नेपाल मार्फत मोडलिङमा प्रबेश गरेकी कबिता नृत्य तथा अभिनयमा पनि अब्बल छिन् ।
फोटो : कुबेर तमाङ
मेकअप रोजी सिंह ठकुरी
स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन, कमलादी