संगीतमा जादु छर्दै गायक लक्ष्मण लिम्बु

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट संसार
२०६६ सालमा आयोजित प्रथम ताप्लेजुङ आईडलको बिजेता भएपछी सुगम संगीतमा सकृय भएका गायक लक्ष्मण लिम्बुलाई संगितमा ८ बर्ष बितेको पत्तै छैन । पहिलो लिम्बुवान आईडलको फस्ट रनरअप पछी ब्याबशयिक संगीतमा पाईला चाल्ने उदेश्यले २०७१ मा आफ्नो पहिलो एल्बम खुल्दुली सार्वजनिक गर्दा नेपाली गीत संगीतको ब्यापार सुन्यमा झरिसकेको थियो । संगीतको बजार खस्केपनी आफ्नो जादुमय आवाजका कारण उनी नियमित रुपमा संगीतमै लागिपरेका छन । पप, आधुनिक र लोक गरी बिभिन्न ४ कलेक्सन एल्बममा संलग्न भईसकेका उनी आफ्नो दोश्रो एल्बम खुलदुली २ को तयारी संगै दोश्रो पटक सांगितिक प्रस्तुतीको लागि हङकङको तयारी पनि गर्दैछन । सम्भबत: खुल्दुली २ का सबै गीत उनले हङकङमै सार्वजनिक गर्ने तयारीमा छन।

केही पुर्बेली लोकलयमा आधारित रहेका गीत पनि गाएका लक्ष्मणले आफुलाई सबैखाले गीत गाउन सक्ने गायकको रुपमा प्रमाणित गर्न चाहन्छन । २ दर्जन भन्दा बढी गीतमा आफ्नो आवाज भरिसकेका उनको युट्युबमा एक दर्जनको हाराहारीमा म्युजिक भिडियो पनि सार्वजनिक भईसकेको छ । आर्टिस्ट नेपालको स्टुडियोमा फोटोसुट गर्ने क्रममा उनले कलाकारहरुको आम्दानी साँगितिक कार्यक्रम बाहेक अन्य खासै नभएको बताए । संगीत तथा कलाकारको हितको लागि भनिएका कती धेरै सस्था छन तर कसैलेपनि सिरियस्ली काम नगरेको उनको तर्कछ । उनले आफ्नो नयाँ एल्बममा पनि स्टेज कार्यक्रमहरुको लागि उपयुक्त हुने गीतहरु निर्माण गरेको आर्टिस्ट संसारलाई बताए ।

singer-laxman-limbu photoshoot ArtistNepal