कलाकार गोपाल भुटानीको निधन

Written by Artist Sansar

2011-07-06
बरिष्ठ कलाकार गोपाल भुटानीको निधन भएको छ । जनमैत्री अस्पतालमा उपचारका क्रममा भुटानीको सोमबार बिहान एघार बजे निधन भएको हो ।

७८ वर्षिय भुटानी पेटको क्यान्सरबाट पीडित थिए । उनलाई सोमबारबाटै अिक्सजन दिइएको थियो उनको उपचारमा संलग्न चिकित्सक धीरेन्द्र मल्लले भुटानीको निधन भएको पुष्टि गरे । चिकित्सकहरुले यसअघि नै उनको क्यान्सर संक्रमणको उपचार सम्भव नभएको भन्दै भक्तपुर क्यान्सर अस्पतालबाट उनलाई डिस्चार्ज गरिसकेका थिए ।

करिब दुईसाता अघिदेखि नै ठोस र तरल दुवैप्रकारका खानेकुरा लिन छाडेका स्व. भुटानीको क्यान्सर अस्पतालबाट डिस्चार्ज गरेपछि स्थिति झन नाजुक हुँदै आएको थियो ।

उनको मृत्युको खबर सुन्नेवित्तिकै भुटानीलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न चलचित्र विकास बोर्डका अध्यक्ष अमर गिरी, चलचित्र कलाकार, निर्माता, निर्देशक, पत्रकार र उनका शुभेच्छुकहरु बालाजुस्थित जनमैत्री अस्पताल पुगेका थिए ।

भुटानीको पार्थिव शरिरलाई सोमबार बेलुका स्वयम्भुमा बौद्ध परम्पराअनुसार दाहसंस्कार गरिने भएको उनका सहयोगी राजेन्द्र खड्गीले बताए । खड्गीले नै भुटानीको शवमा दागबत्ती दिनेछन् । नेपाली चलचित्रमा द्धन्द्धविधाको थालनी गर्ने श्रेय बोकेका भुटानीले डेढसयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

आर्टिस्ट नेपाल डटकम परिवार बरिष्ठ कलाकार भुटानीको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतात्मको चिरशान्तिको कामना गर्छ ।

About the author

Artist Sansar