चलचित्र एवार्ड समारोहका केही रोचक प्रसंग

Written by Artist Sansar

आर्टिस्ट नेपाल | 2011-07-03 21:32:57

मितिः २०६७ भदौ १४ गते सोमबार
समयः तीन बजेपछि छ बजेसम्म
समारोहः राष्ट्रिय चलचित्र पुरस्कार बितरण तथा सम्मान समारोह
आयोजक: चलचित्र बिकास बोर्ड

प्रसंग एकः

समारोह आयोजना हुने प्रेक्षालयमा आगन्तुकहरु भरिभराऊ नै देखिन्थे । कार्यक्रममा चलचित्रकर्मी भन्दा पनि गैरचलचित्रकर्मी बढि देखिन्थे। मानौं चलचित्र बिकास बोर्डको सम्मान समारोह जस्तो नभई गाईजात्रे कार्यक्रम जस्तो देखिएको थियो ।

प्रसंग दुई:

नायक तथा निर्माता नबल खड्काको प्रसंग अत्यन्त रोचक रह्यो । उनलाई ड्यासमा बस्नको लागि कार्यक्रम सुरु भैसकेपछि मात्रै बोलाईएको थियो। अझै पछि बोलाएको भए हुन्थ्यो भन्दै केही हसिमजाक पनि भयो ।

प्रसंग तीन:

गायिका अञ्जु पन्त कार्यक्रमको लागि अमेरिकामा गएकि थिइन । कार्यक्रम संचालक दिनेश डि.सी ले अन्जु अहिले सात समुन्द्रपारि छिन,हामी उनीलाई उही पुर्याउन त सकिन्न……… । उनको यो एवार्डको लागि संगीतकारको नाम उध्घोस गर्दै गर्दा अन्तिम दीर्घाबाट उनि स्टेजमा आएकी थिईन ।

प्रसंग चार:

नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड़काले अधिकांशका चलचित्रकर्मीको ध्यान आफूतिर आकषिर्त गरे । कालो वानपिस ड्रेसमा प्रस्तुत भएकी नायिकालाई धेरैले पटक पटक नियाली रहेका थिए । पुरस्कार समारोहमा उनि बाहेक अन्य नायिकाको उपस्थिति त्यति देखिएको थिएन ।

प्रसंग पाँच:

एवार्ड वितरण समारोहमा प्राय: चलचित्रकर्मीको उपस्थिति थिएन । पुरास्कार पाउने कलाकर्मीको मात्रै उपस्थिति थियो भन्दापनि फरक नपर्ला । कार्यक्रमको सुरु देखि अन्त्य सम्म केबल पुरस्कारको नाम मात्र उद्घोस गरिएको थियो । एउटाले पुरस्कार थप्न नपाउँदै अर्कोको नाम उद्घोस गरिएकोले केही अब्यबस्थित देखिएको थियो ।

प्रसंग छ:

एवार्ड वितरण गर्ने क्रममा भएका रमाइला ठट्यौलीले दर्शकदीर्घामा लामो समयसम्म हाँसोको फोहोरा छुट्यो । कार्यक्रम संचालक दिनेश डि.सीले कार्यक्रममा उनको प्रोग्राम ‘खोजी प्रतिभाको’ को खुलेर बिज्ञापन गर्न भ्याए । रेनासा राई पुरस्कृत हुंदा दुई मिनेट जति त उनले आफ्नो बिज्ञापन मात्रै गरे ।

प्रसंग सात:

कार्यक्रमको समापन गराउन सभामुख सुबासचन्द्र नेम्बांगलाई अनुरोध गर्दै गर्दा हल छाडेर बाहिर निस्कनेको ठुलै भीड़ देखियो । करीब ५ मिनेट जति पनि धौर्य गर्न नसकेका कलाकर्मी सभामुखले आफ्नो मन्तब्य दिँदै गर्दा हलमा आधा जसो त बाहिरिसकेका थिए । यो दृश्यले कलाकर्मीले अथिति माथि गर्ने सम्मानको स्थिति देखाउछ ।

About the author

Artist Sansar