कावासोतीमा “फ्युजन फेसन फेशन शो” को आयोजना हुने

नवलपरासीको कावासोती फ्युजन फेसन नामक फेसन शोको आयोजना हुने भएको छ ।

जनवरी १५ अर्थात माघ १ मा नवलपरासीको कावासोती स्थित सितरा रिसोर्टमा सम्पन्न हुने कार्यक्रममा काठमाडौं तथा स्थानिय २५ मोडेलहरुले र्‍याम्प शो गर्नेछन ।

मृगतृष्णा फेसन हाउस काठमाण्डौकी फेसन डिजाइनर तृष्णा गुरुङले डिजाइन गरेको पहिरनमा मोडेल बाहेक मिस नेपाल २००५ सुगारिका केसी र नायिका रिस्ता बस्नेत ‘सो स्टपर्स’मा उत्रनेछन् ।

शो को आयोजना मृगतृष्णा फेसन हाउसले गर्न लागेको हो । डिजाईनर अफ द ईयर २०१३ बिजेता फेसन डिजाइनर तृष्णा गुरुङले शो ५ सिक्वेन्सको लागि डिजाईनहरु तयार परेको बताईन् । शो मा कक्टेल, गाउन, सारी, लेहेङा लगायतका डिजाईनमा मोडेलहरु उत्रिनेछन । यस् फेसन शोमा अफिसियल मेकअप आर्टिस्ट चन्द्र गुरुङको मेकअपमा मोडेलहरु सजिनेछन ।मोडेलहरुलाई नायिका मोडेल ममता प्रधानले कोरियोग्राफी गरिरहेकी छिन् ।