रिब्याक हुँदै नायिका अनामिका चौलागाईं (फोटो फिचर)

Written by ArtistNepal News

Model/Actress

काभ्रेपलाञ्चोककी स्थायिवासी हुन् अनामिका चौलागाईं, जो नेपाली चलचित्र क्षेत्रमा नायिका बन्न सक्छु भनेर काठमाण्डौ भित्रिएकी थिईन् ।

उनले चलचित्र उद्योगमा नायिका बन्नका लागि निकै कडा मेहनत गरेको बताउँछिन् । परिवार यस क्षेत्रमा नभए पनि उनलाई चलचित्र प्रतिको झुकावले यही क्षेत्रमा डोर्यारयो । बिशेष गरी चलचित्रको नायिका बन्ने सोख र सपनाका कारण उनले अभिनयलाई जोड दिँदै छोटो अवधिमा नै चलचित्रको मुख्य नायिका बन्न पाएकी छिन् । अनामिकाले अभिनय गरेको पहिलो चलचित्र ‘प्राण भन्दा प्यारो’ हो ।

हालसम्म ३ वटा चलचित्रमा अभिनय गरिसकेकी अनामिकाले आधा दर्जन म्युजिक भिडियो पनि खेलेकी छिन् । ब्यक्तिगत कामले केही समय चलचित्र क्षेत्रबाट हराएकी उनी कम ब्याक गर्ने उदेश्यका साथ आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुट गरेकी थिईन । संगिता लामाको मेकअपमा फोटोग्राफर कुबेर तामाङले उनको तस्बिर कैद गरेका हुन ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।