डव्बु क्षेत्रीको नमस्ते काठमान्डु सार्वजनिक

पत्रकार डब्बु क्षत्रीको पहिलो कथा सँग्रह…

काठमाडौं/पत्रकार डब्बु क्षत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू पाठकमाझ आएको छ । राजधानीको कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार त्यहीका कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरेका थिए ।
सँग्रहका कथाको भाव समेटेर बनाईएको गीत नमस्ते काठमान्डू…पनि सोही कार्यक्रममा सर्वजनिक गरिएको थियो । जुगल डँगोलको सँगीत र सन्देश पाठकको स्वरमा रहेको यो गीतमा कथाका सबै शिर्षक र भाव समेटिएको थियो । राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरुले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए ।
dabbu_chhetri_journalist_director_thumb

पुस्तक लोकार्पण पछि सो कथासँग्रहमाथि अन्तरक्रिया आयोजना गरियो । लेखक सचिन घिमिरेले सहजीकरण गरेको सो अन्तरक्रिया कार्यक्रममा अभिनेत्री ऋचा शर्माले सँग्रहका कथामा उल्लेखित घटना र पात्रहरु आफुले आफ्नै समाजमा देख्दै आएको बताईन् । सँग्रहका थुप्रै कथाका पात्रहरु आफुलाई मन परेको र ती पात्रको रुपमा अभिनय गर्न आफ्नालागि चुनौती बन्ने सक्ने भनाई राख्दै उनले भनिन्,‘कथामा समेटिएका कतीपय पात्रहरु यस्तो मनोविक्षिप्त छन की उनीहरुको भूमिका निर्वाह गर्न पनि निकै चुनौतीपूर्ण मैले ठानेको छु ।’ कथाहरु पढिरहँदा आफुलाई छोड्न मन नलागेको उनले बताईन् ।
पत्रकार यज्ञशले सञ्चारकर्मी डब्बु क्षत्री लामो समयदेखि पत्रकारितामा आबद्ध भएको र सँग्रहका कथामा पत्रकारिताको लेखन शैली झल्किएको बताए । कथाहरुमा नयाँ प्रयोग गरिएको बताउँदै समाजका बर्ग अनुसारको यौन अबस्था र त्यसको स्थितिलाई कथामा समेटिएको उनले बताए । समाजका विभिन्न बर्ग, धर्म, भाषा, लिँगलाई टिपेर कथामा उनिएको भन्दै यज्ञशले कथाहरु सबै बर्गका लागि लेखिएको बताए ।
उपन्यासकार जया ओझाले अन्तरक्रियामा बोल्दै नमस्ते काठमाडौंका कथाहरु यौनमा केन्द्रित भएर पनि पटक्कै अश्लिल नभएको बताईन् । तर कथाहरुलाई शिर्षकमा बर्ग नछुट्याई कुन कथा कुन बर्गको हो भनेर छुट्याउने जिम्मा पाठकलाई नै दिएको हुन्थ्यो भनिन् ।
नमस्ते काठमाडौंका लेखक डब्बु क्षत्रीले आफुले समाजमा देखेका घटनाहरुलाई कथामा ढालेर यो सँग्रहमा ल्याएको बताए । नमस्ते काठमाडौंका कथाहरुलाई यौन अस्लिलता नभएर समाजमा जे देखेको त्यही घटनालाई बुनेको पनि उनले बताए ।
नमस्ते काठमाडौंका प्रकाशन सँस्था शिखा बुक्सका अध्यक्ष पुष्पाराज पौडेलले कथामा नयाँ प्रयोग आफुले नमस्ते काठमाडौंमा पाएकोले यो सँग्रह प्रकाशन गरेको बताए ।

About the author

Artist Sansar