दबंगमा नेपाली खलनायक

नायक सलमान खान अभिनीत पछिल्लो हिन्दी चलचित्र ‘दबंग’ मा एक नेपालीले समेत अभिनय गरेका छन् ।

नवराज विश्वकर्मा नामका गरेका नेपाली कलाकारले हिन्दी चलचित्र ‘दबंग’ मा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनले ‘दबंग’ चलचित्र लगायत दर्जनौं हिन्दी तथा मराठी चलचित्रमा अभिनय गरिसकेका नवराज विश्वकर्माले ‘दबंग’ मा खलनायकको भूमिकामा ‘मुच्छरसिंह’ नामको चरित्र निर्वाह गरेका हुन् ।

ठूलो शरीर र उत्तिकै ठूलो आवाज भएका नवराज लामो समयदेखि पुनामा रहेर चलचित्रका ब्यस्त कलाकारका रुपमा परिचय दिँदै छन् ।