अमृत छेत्रीको ‘सम वान’ सार्बजनिक

https://artistnepal.com/

https://artistnepal.com/

"

नेपाली साङ्गीतिक क्षेत्रमा एक दशकदेखि साधनारत युवा गायक अमृत क्षेत्रीको दोस्रो गीति एल्बम ‘SOME ONE’ आज एक समारोह बिच सार्बजनिक गरिएको छ। आफ्नै शब्द र सङ्गीतमा तयार पारिएका आठ गीतमा उनले स्वर भरेका छन् भने ‘सम वान’ लाई ‘2S MUSIC’ ले बजार प्रवर्द्धन् गर्दैछ।

बलिउडका चर्चित गायक एवम् सङ्गीतकार सुरेश वाडेकरको सङ्गीत स्कुलबाट शास्त्रीय सङ्गीतको अध्ययन गरी नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका गायक क्षेत्रीले यसभन्दा अघि ‘ARRIVAL’ शिर्षकको एल्बम प्रकाशन गरेका थिए।

नेपालका स्थापित सङ्गीत संयोजकको संयोजन रहेको एल्बमका गीतहरुबाट “मेरो अन्तिम इच्छा … …” बोलको गीतको म्युजिक भिडियो निर्माण गरिएको छ। जसलाई चर्चित भिडियो निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका छन्। भने रीमा सुवालसँग गायक अमृत आफैंले नै अभिनय गरेका छन्। पूर्वीय र पाश्चात्य शैलीका गीतहरुले सजिएको एल्बमको एउटा गीतमा अहिलेकी चर्चित गायिका सुवानी मोक्तानले अमृतलाई साथ दिएकी छिन्।

नेपाली सङ्गीतमा आफ्नो पहिलो एल्बम बाटै छुट्टै पहिचान बनाउन सफल अमृत क्षेत्रीको यो उपहारले उनलाई कुन उचाईमा पुर्याउने हो , त्यों भने हेर्ने बाकीं छ ।