पुराना गायक सुमनको कमब्याक, उदास उदास लिएर आए

Written by Artist Sansar

– रोमान्टिक शैलीका गीत गाउन माहिर सुमन सेन्टिमेन्टल गीत लिएर आएका छन् ।

काठमाडौं । ‘कान्छीको लजाउने बानी…’, ‘सोह्र वर्षे तिम्रँे…’, ‘चञ्चले नानी चुल्बुले बानी…’ जस्ता रोमान्टिक गीतका सर्जक हुन्, सुमन शेखर मानन्धर ।

एक दशक अगाडीसम्म यी गीत सबैको मुखमा झुण्डिएको थियो । गीत हिट भएपछि सुमनको हाईहाई हुने भइ नै हाल्यो । रसिला गायकका रुपमा ख्याती कमाएका सुमन केही समययता ओझेलमा छन् । आठ वर्ष अगाडी सार्वजनिक भएको ‘मेरो देश नेपाल…’ पछि उनको स्वरमा सजिएको नया“ गीत सुन्न पाइएको छैन । यति लामो ग्याप भएपछि नया“ पुस्ताका दर्शक÷श्रौतामाझ उनी अपरिचित थिए भने पुराना पुस्ता उनका गीत सुन्न आतुर । सायद यही अभाव पूर्तीका लागि सुमन नया“ एल्बम लिएर उपस्थित भएका छन् । एल्बमको नाम ‘रंगीचङ्गी फूलहरु’ जुराइएको छ ।

Suman Shekhar Manandhar | Udaas... Udaass.
तर रमाइलो कुरा के छ भने जुन शैलीका गीतबाट सुमनले ख्याती कमाएका थिए, ‘रंगी चङ्गी फूलहरु ’मा समाविष्ट गीत ती भन्दा बिल्कुल भिन्न छन् । अर्थात रोमान्टीक गीत गाउन माहिर मानिएका सुमन गम्भीर र विछोडका गीततिर लहसिएका छन् । ‘उदास उदास…’बोलको गीतले यही प्रतिविम्बित गर्छ । कालीप्रसाद रिजालको शब्द र दीपक जंगमको संगीत रहेको यस गीतमा आफ्नो प्यारो मान्छे गुमाउनु पर्दाको पीडा पोखिएको छ । ग्याल्मर नेपालको युट््युब च्यानलबाट वल्र्ड वाइड रिलिज गरिएको भिडीयोलाई सहेन्द्र श्रेष्ठले निर्देशन गरेको हुन् भने दिवश उप्रेती र वेनिषा हमालमाथि फिचरिङ गरिएको छ ।

Screen shot 2015-11-11 at 7.13.50 AM
हम्मेसा कलाकार आफ्नो गायन शैली परिवर्तन गर्दैनन् । आफू हिट भएकै मार्कामा गीत गाउन रुचाउ“छन् । तर लामो समयपछि नया“ गीत सार्वजनिक गर्दा पनि सुमनले आफ्नो परिचित गायन शैली परिवर्तन गरेका छन् । यो जोखिम किन त ? सुमन भन्छन्, “म आफूलाई भर्सटायल गायकको रुपमा चिनाउन चाहन्छु । त्यसैले रोमान्टिक शैली छोडी सेन्टिमेन्टल पछ्याएको हु“ ।” पछिल्लो समय गीतमा स्तरियता घटेको र रातारात हिट हुने लोभमा कमसल गीतको लहर छाएको छ । त्यसले संगीतप्रतिको विश्वसनियता घट्ने चिन्ता बढेको छ ।

 

Screen shot 2015-11-11 at 7.14.14 AM

सुमनलाई पनि कमसल गीतको लहर चित्त बुझेको रहेनछ । त्यसैले आफूले सक्दो मिहनेत गरेर गुणस्तरिय गीत सार्वजनिक गरेको बताए । भन्छन्, “मैले मिठो र स्तरिय गीत दिने प्रयास गरेको छु । चलोस्÷नचलोस् भन्नेतिर खासै ध्यान दिन्न“ ।”
‘रंगीचङ्गी फूलहरु’मा सुमनका १० वटा पुुराना लोकप्रिय गीत पनि सुन्न पाइन्छ । साथै उर्दु गजल पनि समावेश गरिएको सुमनले जानकारी दिए । २४ वर्षमा पहिलो गीत रेकर्ड गरेका यी गायक आमा डाक्टर रत्नकुमारी मानन्धर र मामा चर्चित रेर्कडिस्ट दीप तुलाधारको प्रेरणामा संगीतमा आएका थिए । लोकप्रिय पनि भए तर बीचमा केही वर्ष मौन बसे । नया“ गीतबाट उनका पुराना फ्यान पक्कै खुशी हुनेछन् । तर फेरि ‘मेरो देश नेपाल…’ पछिको जस्तै लामो समय कुर्नुपर्ने पो हो कि ? सुमन हा“स्दै भन्छन्, “योचाहीं रंगीचङ्गी फूलहरुबाट आउने प्रतिक्रियामा भर पर्छ । यद्यपी जे भए पनि संगीतबाट टाढा हुन्न“ ।”Suman Shekhar Manandhar | Udaas... Udaass. actress benisha hamal

 

About the author

Artist Sansar