छिट्टै चलचित्रमा देखिदै बालकलाकार सन्दर्भ निहुरे

Written by Artist Sansar

सन्दर्भ निहुरे नेपाली कलाकारितामा एक आशालाग्दा प्रतिभा हुन् ।

आर्टिस्ट नेपाल

सन्दर्भ निहुरे नेपाली कलाकारितामा एक आशालाग्दा प्रतिभा हुन् । उमेरले भर्खर १२ बर्षमा प्रबेश बालकलाकार सन्दर्भ निहुरेले बिगत २ बर्ष देखी बिभिन्न म्युजिक भिडियोहरुमा आफ्नो कुशल प्रतिभा देखाईसकेका छन् । चलेका कलाकारलाई मात दिने अभिनय गर्न पोख्त सन्दर्भको उत्कृष्ट अभिनयकला गीतकार शेखर ढुङेलको शब्दमा गायक शिशिर योगीको बाटो बोलको गीतमा देख्न सकिन्छ । त्यस्तै उसको अभिनयबाट प्रभाबित भएर प्रसन्न पौडेल लगायत अन्य चलेका निर्देशकसँग काम गरिसकेका छन् ।

अध्ययनका साथसाथै भिडियो निर्माण तथा चलचित्र निर्माणलाई नजिकबाट चिनिसकेका बालकलाकार सन्दर्भलाई चाडैनै चलचित्रको पर्दामा पनि देखिने भएका छन् । पढाईको कारणले अघिल्ला केही चलचित्रहरुलाई छाडेका सन्धर्वले ‘स्कुल होलिडे’को मौकामा भिडियो तथा चलचित्रमा प्रस्तुत हुने आर्टिस्ट नेपाललाई बताए ।

About the author

Artist Sansar