जन्मदिनमा सर्प्राईज केक

बिगत दुईदसक अघिदेखी संगीतमा कृयाशिल गीतारिस्ट तथा एरेन्जर दिनेश श्रेष्ठले सोच्दै नसोचेको तथा अबस्मरणिय क्षण भयो आज..[+]

आर्टिस्ट नेपाल

गीतारिस्ट , रेकर्डिस्ट तथा एरेन्जरको रुपमा ख्याती कमाईसकेका दिनेश श्रेष्ठसँग काम नगर्ने संगीतकर्मीहरु शायद कमै होलान् । धेरै गायकका प्रिय रहेका बिगत दुईदसक अघिदेखी संगीतमा कृयाशिल गीतारिस्ट तथा एरेन्जर दिनेश श्रेष्ठले सोच्दै नसोचेको तथा अबस्मरणिय क्षण भयो आज ।

पुतलिसडक स्थित कार्यालय ओपस नाईन स्टुडियोमा नियमित झै रेकर्डिङ तथा एरेन्जको काम गरिरहेका थिए । धमाधम रेकर्डिङको काम गरिरहेको बेलामा केही संगीतकर्मीहरु आएर उनको अगाडि केक राखिदिए । कोही बर्थडे क्याण्डल मिलाउन थाले भने कोही फोटो खिच्न तयारी भएर बसे । स्टुडियोमा डेमो गीत रेकर्ड गराउदै गरेका गायक बिनोद ढकाल र मिना सिंह पनि त्यही माहोलमा मिसिन कन्ट्रोल रुममा आए ।

गायक उर्गेन लामा, रोशन श्रेष्ठ, नकुल कार्की , सुमन श्रेष्ठ, रबीजङग थापा, बोनोद ढकाल, मिना सिंह , सुनिल कटुवाल, अविन राउटका साथ सर्प्राईज बर्डेकेक काटेका दिनेशले यो क्षण जीवनकै अबश्मरणिय रहेको बताए । ३८ अौँ बसन्त पार गरेका दिनेश श्रेष्ठ एक समयको चर्चित साङितिक् समुह ‘ बड्स ब्याण्ड’ का गीतारिस्ट हुन् । एक दसक देखी एरेन्जरको रुपमा काम गरिरहेका दर्जनौ हिट गीतका यिं श्रस्टालाई आर्टिस्ट नेपाल डट कमको तर्फबाट जन्मदिनको हार्दिक शुभ-कामना !