Artist Nepal tv Movies Vedios

२५ वर्ष पछि फेरि मुसुक्क हासी दिदा ज्यानै लुट्यो.. भन्दै आए भिमसेन

२५ वर्ष अघि ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो…’ गीत गाएर चर्चा कमाएका गायक भिमसेन टी लामाले यसैको रिमेक लिएर आएका छन् । उनले यो रिमेक गीत सोमबार सार्वजनिक गरेका हुन। विश्व बलभको शब्द रहेको गीतमा शम्भुजित बासकोटाको सङ्गीत रहेको छ ।

कम समय निक्कै चर्चामा रहेको यो गीतको रिमेक भिडियोमा श्याम पाण्डे र विनिता वलीलाई फिचरिङ गरिएको छ जसलाई संजय पाण्डेले निर्देशन गरेका छन् । विनोद तामाङको कोरियोग्राफर रहेको गीतको भिडियोलाई क्षितिज महर्जनले छायाँकन गरेका छन ।

चलचित्र सीमा रेखाबाट नेपाली चलचित्रमा प्रवेश गरेका भिमसेनले विषालु, कस्तो सम्झौता, अंशवण्डा, देश प्रदेश, परदेसी कान्छा, नासो, अंस वण्डा लगायत थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।