बेलायतको संसदमा पहिलोपटक नेपाली डक्कुमेन्ट्री फिल्म प्रदर्शन

। नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ ।

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट संसार ,लण्डन, १२ बैशाख ।
चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रदर्शन गरिएको छ । नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ ।
महाभूकम्पको दोस्रो बार्षिकीको पूर्वसन्ध्या पारेर स्कटल्याण्डको फिपका सांसद स्टेफिन गेथिन्स (Stephen Gethins) ले बेलायती संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रस्तुत गरेका हुन् । जसलाई ‘द लिटिल शेर्पा फाउन्डेशन’का सिइओ तथा चर्चित फोटोग्राफर जेम्स ल्याम्ब -(James Lamb), नेपाल पर्यटन बोर्डका मानार्थ दूत पशुपति भण्डारी (Pashupati Bhandari) र युके–नेपाल फेण्डसिप सोसाइटीका कार्यकारी निर्देशक एलन मार्सेल सान्का (Alan Mercel-Sanca) ले समन्वय गरेका थिए । सोमबार साँझ भएको वृत्तचित्र प्रदर्शनीमा बेलायतस्थित बिभिन्न निकायका अधिकारीहरु, नेपाली दूतावास तथा नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

bhagya le bacheka haru
निर्मात्री शारदा गैरेसँगै बेलायती संसदमा पुगेका ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले भूकम्पपछि नेपालीको पीडामा मल्हम लगाउन सहयोग गरेकोमा बेलायत सरकार र बेलायती जनतालाई धन्यवाद दिए । ‘आज बेलायतको संसदमा उभिएर नेपालीको कथा–व्यथा प्रदर्शन गर्न पाउँदा खुसी लागेको छ ।’, कार्यक्रममा वृत्तचित्रका निर्देशक पाण्डेले भने, ‘अझ बेलायतको संसद भवनमा नेपाली फिल्म प्रदर्शन भएको यो पहिलो रहेछ । यो ऐतिहासिक अवसर पाएकोमा हामी गौरवान्वित भएका छौं ।यसैगरी, नेपाल पर्यटन बोर्डका बेलायतस्थित मानार्थ दूत पशुपति भण्डारीले नेपाल सुरक्षित पर्यटकीय गन्तव्य भएको भन्दै ढुक्कसँग नेपाल भ्रमण गर्न सबैलाई आग्रह गरे । धेरै पुरातात्विक तथा पर्यटकीयस्थलहरु निर्माण भइसकेको र कतिपय निर्माण हुने क्रममा रहेको भण्डारीले जानकारी समेत दिए ।
युके नेपाल फेण्डसिप सोसाइटीका कार्यकारी निर्देशक एलन मार्सेल सान्काले नेपाल र बेलायतबीच पर्यटन, व्यापार प्रबर्धन गर्दै दुई देशका नागरिकबीचको सम्बन्धलाई जोड्न आफूहरु लागिपरेकाले बताए ।