अशिश्मासँग किरणको केमेस्ट्री भिडियोमा | सेटमै मनाए किरणले जन्मदिन

Written by Artist Sansar

गायक अभय ढुङेलको नयाँ गिती एल्बमको लागि ‘आकाशैमा’ बोलको गीतको म्युजिक भिडियोको सुटिङ सम्पन्न भएको छ

आर्टिस्ट नेपाल

बिगत लामो समय देखी अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका गायक अभय ढुङेलको नयाँ गिती एल्बमको लागि ‘आकाशैमा’ बोलको गीतको म्युजिक भिडियोको सुटिङ सम्पन्न भएको छ । गीत लेखन , संगीत तथा गायन तिनै बिधामा अब्बल रहेका गायक अभय ढुङेलले नयाँ एल्बमका गीतहरुलाई न्युयोर्कमै रेकर्ड गराएका थिए । गायिका अन्जना गुरुङले साथ दिएको उनको यस गीतको म्युजिक भिडियोलाई संचारकर्मी तथा आर्टिस्ट नेपाल डट कमका प्रधान सम्पादक नव ढुङेलको निर्देशनमा आउन लागेको हो ।

चलचित्र तथा म्युजिक भिडियोमा ख्याती कमाईसकेका कलाकार किरण लाकौल तथा अशिश्मा नकर्मीको अभिनय रहेको यस् भिडियोलाई ज्ञानेन्द्र शर्माको छायांकन, प्रशान्त तामाङको कोरियोग्राफी तथा टेकेन्द्र शाहको सम्पादन रहनेछ । आर्टिस्ट नेपाल प्रोडक्सन अन्तर्गत निर्माण भएको यस् भिडियो तथा एल्बमलाई एसियन म्युजिकले बजार ब्यबस्थापन गर्नेछ । त्यस्तै सपोर्टिङमा सिल्फ ईन्टरटेन्मेन्ट रहनेछ ।

नायिका अशिश्मा नकर्मीको साथ किरणले मनाए  जन्मदिन

म्युजिक भिडियोका चर्चित मोडेल किरण लाकौलले अभिनेत्री मोडेल अशिश्मा नकर्मीसँग आफ्नो जन्मदिन सेलिब्रेट गरेका छन् । गायक अभय ढुङेलको नयाँ गिती एल्बममा सङ्रहित हुने ‘आकासैमा’ बोलको गीतको छायांकन स्थलमा उनले आफ्नो जन्मदिन मनाएका हुन् । अभय ढुङेलको ‘आकाशैमा’ बोलको गीतको सुटिङ स्थल चपलीको बालुवाखानी मै अभिनेता तथा मोडेल लाकौलको वर्थडे केक काट्ने व्यवस्था भिडियोका निर्देशक तथा आर्टिस्टनेपाल डटकमका प्रधान सम्पादक नब ढुङेलले गरेका थिए । उनको जन्मदिनको सरप्राईस केक सेलिब्रेसनमा एसियन म्युजिकका प्रबन्ध निर्देशक ईश्वर गुरुङ तथा एरेन्जर तथा संगीतकार रप्रभिनको पनि उपस्थिती थियो । आफ्नो कलायात्राको यतिधेरै अबधीमा सुटिङ सेटमा जन्मदिन सेलिब्रेट गरेको जीवनभर अबस्मरणिय रहने उनले बताए ।

 

 

 

 

सुटिङ पछीको फुटेज हेर्दै भिडियो निर्देशक नव ढुङेल , छायांकार ज्ञानेन्द्र शर्मा, मोडेलद्वय किरण लाकौल तथा अशिश्मा नकर्मी 

 

About the author

Artist Sansar