आमिर र किरणको सम्बन्ध विच्छेद कारण अभिनेत्री फातिमाको हात ?

Written by Artist Sansar

मुम्बई । आमिर खान र किरण रावले शनिबार १५ वर्ष लामो सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । आमिर र किरण अहिले पनि एउटै सिनेमामा काम गरिरहेका छन् । उनीहरू भने लद्दाखमा ‘लालसिंह चढ्ढा’को सुटिङ गरिरहेका छन् ।

आमिर यो फिल्ममा अभिनय गरिरहेका छन् भने किरण यो फिल्मकी कार्यकारी निर्माता हुन् । अप्रत्यासित रुपमा सम्बन्ध विच्छेद भए लगत्तै यसको कारणको खोजी सुरु भएको छ सामाजिक सञ्जालमा ।

धेरैले आमिर र किरणको सम्बन्ध बिग्रनुको मुख्य कारण ‘दंगल’ अभिनेत्री फातिमा खना सेखको हात रहेको अभियोग लगाएका छन् । फातिमासँग विवाह गर्नलाई नै किरण रावसँग सम्बन्ध विच्छेद गरेको बताएका छन् । आमिरले पहिली पत्नी रीना दत्तसँग पनि किरण रावसँग विवाह गर्ने भएपछि सम्बन्ध विच्छेद गरेका थिए ।

‘दंगल’मा सँगै काम गरेका फातिमा र आमिरको निकटताको चर्चा पहिला पनि चल्ने गरेको थियो । आमिरकै सिफारिसमा फातिमाले ‘ठग्स अफ हिन्दुस्तान’मा काम गरेकी थिइन् ।

About the author

Artist Sansar