रहेनन् बलिउड लिजेण्ड दिलिप कुमार

Written by Artist Sansar

दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन

एजेन्सी । बलिउड लिजेण्ड दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि उनको स्वास्थ्यमा समस्या देखिदै आएको थियो । पिडी हिन्दुजा अस्पतालका डाक्टर जलिल पार्करले उनको निधन भएको पुष्टि गरेका हुन् ।

उनको आज बिहान ७ बजेर ३० मिनेटमा निधन भएको मिडिया रिपोर्टमा उल्लेख छ । गएको वर्ष कोरोनाका कारण उनले आफ्ना दुई जना भाइहरु गुमाएका थिए ।

बलिउडमा कैयौँ हिट फिल्म दिएका उनी लामो समयदेखि अस्वस्थ रहेका थिए ।

बलिउडमा कैयौँ हिट फिल्म दिएका उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । उनले सन् १९४४ मा ज्वार भाटामार्फत बलिउडमा डेब्यु गरेका थिए । तर, उनलाई फ्यानहरुमा चर्चित हुन तीन वर्ष लाग्यो । उनको जुग्नु फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेपछि उनी चर्चा आएका थिए ।

About the author

Artist Sansar